सार्वजनिक संवादमा ५ बुँदे प्रतिबद्धता

सार्वजनिक संवादमा ५ बुँदे प्रतिबद्धता

दैलेख (चामुण्डा) बैशाख ३१,

चामुण्डाविन्द्रासैनी नगरपालिकाको जम्बुकाँधमा आयोजित बाल बालबालिकामा स्थानीय सरकारको लगानी विषयक सार्वजनिक संवादमा ५ बुँदे प्रतिबद्धता गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोग, चामुण्डाविन्द्रासैनी नगरपालिकाको समन्वय तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको आयोजनमा गरिएको सार्वजनिक संवाद कार्यक्रममा सहभागि सरोकारवाला निकायहरुले ५ बुँदे प्रतिबद्धता जनाएका हुन् ।
चामुण्डाविन्द्रासैनी नगरपालिकाका सरोकारवाला निकायहरुले समुदाय, विद्यालय र घरपरिवारमा बालबालिका विरुद्ध हुने हिंसा न्यूनिकरणका लागि पहल थाल्ने भएका छन् ।

यस्तै नगरपालिका भित्र रहेको सबै विद्यालयहरुमा खानेपानी र बालमैत्री धारा निर्माण गर्ने प्रतिबद्धता गरिएको छ । नगरपालिका भित्रका बालबालिकाहरुको लागि शैक्षिक सामग्री, पुस्तकालय, कम्प्युटरको व्यवस्था गरिने भएको छ । नगरपालिकाका सम्पूर्ण बालबालिकाहरुको हक हित र संरक्षणका लागि आगामी आर्थीक बर्षहरुमा नगरपालिकाले कम्तीमा १५ प्रतिशत बजेट विनियोजन गर्ने प्रतिबद्धता गरिएको हो ।
यस्तै विद्यालयका हाता भित्र सुर्तीजन्य पदार्थको प्रयोग नगर्न, नगराउन नगरपालिकाका सरोकारवाला निकायहरुले प्रतिबद्धता जनाएका छन् ।

नगरपालिका स्तरिय आयोजित सार्वजनिक संवाद कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिकाका उपप्रमुख तारा शाही, निमित्त प्रमुख प्रशासकिय अधिकृत डिल्ली शर्मा, विद्यालय निरिक्षक लोकेन्द्र शाही, वडा नं. ६ का वडा अध्यक्ष बखत बोहोरा, विभिन्न विद्यालयका शिक्षक, प्रधानाध्यापक, विव्यस अध्यक्ष तथा बालबालिकाहरु सहभागि भएका थिए । कार्यक्रममा नगरपालिका भित्रका बालबालिकाहरुको समस्याका बारेमा छलफल र बहस गरिएको थियो । सार्वजनिक संवाद कार्यक्रमको सहजिकरण पत्रकार हिक्मत नेपालीले गरेका थिए ।

प्रतिक्रिया