दुल्लु नगरमा सुन्तला फलफुल जोन

दुल्लु नगरमा सुन्तला फलफुल जोन

दुल्लु नगर संवाददाता
दैलेख– दुल्लु नगरपालिकामा सुन्तला जोन कार्यक्षेत्र निर्धारण सम्बन्धी सरोकारवालाहरु विच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना र जिल्ला कृषि विकास कार्यालय दैलेखको आयोजनामा दुल्लु नगरपालिकालाई सुन्तला फलफुल जोन क्षेत्र निर्धारण गर्नेे सम्बन्धमा नर्सरी धनी र सरोकारवालाविच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
स्वदेशी सोच, स्वदेशी लगानी र स्थानीय जनशक्तिबाट तयार भएको कृषि विकास रणनीति कार्यान्वयनको सहयोगीको रुपमा परीयोजनाले काम गर्ने कार्यक्रममा जानकारी गराइएको छ ।
परियोजनाका बारेमा जानकारी दिदै प्रधानमन्त्री कृषि आधुनीकीकरण परीयोजनाका गोविन्द प्रसाद पोखरेलले १० बर्षको अवधिमा १.३ खर्बको लागतमा परियोजना संचालन हुने बताएका छन् ।

उनका अनुसार चालु आर्थिक वर्षमा कुल बजेट ३ अर्ब २५ करोड २२ लाख रहेकोमा पकेट र ब्लग विकास कार्यक्रम संचालनका लागि स्थानीय तहलाई २ अर्ब १८ करोड ७८ लाख हस्तान्तरण गरिएको बताए ।
नेपालको संविधानमा उल्लेख भएको खाद्य सम्बन्धि हकलाई जनाताको मौलिक हकका रुपमा स्थापित गरी सकेकोले दिगो आत्मनिर्भर एवम व्यवसायिक कृषि क्षेत्रको परिकल्पना सहित कृषि विकासको २० बर्षे रणनीती बनाउने लक्ष्य नेपाल सरकाको छ ।
देशको युवा शक्ति विदेश पलायनले श्रमशक्तिको अभाव र खेतियोग्य कृषि भुमी बाँझो रहने काम बढदै गइरहेको छ । आयोजनाका लागि पकेट १० हेक्टर, ब्लक १०० वटा, जोन ५०० वटा, सुपरजोन १०० हेक्टर क्षेत्रमा खेति गर्ने परियोजनको लक्ष्य छ । आगामी ३ बर्षभित्र प्रमुख खाद्यान्न बाली धान, मकै, गँहुमा आगामी २ बर्षभित्र तरकारी र माछामा र ७ बर्ष भित्र प्रमुख फलफुल बालीमा आत्मनिर्भर हुने आयोजनाको अपेक्षा छ ।
परियोजनाले प्रथम बर्षमा कुल ५ अर्ब ७८ करोडबाट मुल्य अभिवृद्धि सहित करिव २६ अर्ब ८ करोड बराबर परियोजनामा अवधि भरमा १ खर्ब २० अर्ब मूल्य अभिवृद्धि सहित करिब २० खर्ब ९५ अर्ब ७५ करोड कुल ग्राहस्थ उत्पादनमा योगदान पु¥याउने छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापा, नगरप्रमुख घनश्याम भण्डारी, उपप्रमुख विष्णु थापा, फलफुल विकास अधिकृत विष्णु प्रसाद गिरी लगायतले भनाई राखेका थिए ।

प्रतिक्रिया