४० वर्षिय रसाईलीले चार वर्षको उमेरमा आफ्नो दायाँ खुट्टा गुमाएका थिए । उनले विगत २१ वर्षदेखि साईकल यात्रा गरिरहेको सुनाए । अहिलेसम्म नेपालका ३८ जिल्लाको साईकलबाटै भ्रमण गरेको र एक दिनमा दुई सय किलोमिटरसम्मको यात्रा गरेको रसाइलीले बताए । उनले २०५९ मा महाकालीदेखि मेची सम्मको साइकल यात्रा समेत गरेका थिए ।
प्रदेश सरकारद्धारा सहयोग
आफ्नै उद्देश्यले साइकल यात्रामा हिडेका एक अपांग साइकल यात्री रसाइलीलाई पर्यटन प्रबद्र्धनमा सहयोग पु¥याएको भन्दै कर्णाली प्रदेश सरकारले सहयोग गरेको छ ।
आफ्नो रारा यात्राका बारेमा जानकारी गराउन मुख्य मन्त्री महेन्द्रबहादुर शाहीसंग पुगेका रसाइलीलाई प्रदेश सरकारले ३० हजार आर्थिक सहयोग प्रदान गरेको छ ।
भेटमा मुख्यमन्त्री शाहीले साइकल यात्राले कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने भन्दै यात्राको सफलताको शुभकामना दिएका छन् । भेटमा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश शान्त र सुरक्षित प्रदेश भएकाले ढुक्क भएर यात्रा गर्न उनलाई आग्रह गरे ।
सहयोगी हातहरु जुट्दै
व्यक्तिगत खर्चमा रारा पुग्ने अठोटका साथ सुर्खेत पुगेका रसाइलीलाई सुर्खेतमा सहयोगी हातहरु जुटेका छन् । उनलाई सुर्खेतमा खाना तथा वासको व्यवस्था होटेल अर्गनाईजेशन सुर्खेतका अध्यक्ष तथा भ्याली भ्यू होटलका सञ्चालक तर्कबहादुर शाहीले गरेका छन । यस्तै युवा संघ सुर्खेतका अध्यक्ष खिमलाल देबकोटा र व्यवसायी बर्षा रावतले नगद तीन हजार सहयोग गरेका छन् । साइकल यात्री रसाइलीलाई कारोबार पत्रिका संवादाता गोविन्द खत्रीले रारासम्मको समन्वयमा सहयोग गरिरहेका छन । कैलालीमा ट्रि«ङ्स वाइक (साइकल ) कम्पनीले साइकल उपलब्ध गराएको छ भने अपांग चेतना समाज लम्की लगायत विभिन्न नागरिकहरुले सहयोग गरिरहेको रसाइलीले बताए ।
प्रतिक्रिया