विद्यालय मर्ज गरेको भन्दै चौतर्फी विरोध

विद्यालय मर्ज गरेको भन्दै चौतर्फी विरोध

स्केच

दैलेख, ९ जेठ – दैलेखको गुराँस गाउँपालिकाले गाउँपालिका भित्र संचालनमा रहेका केहि विद्यालय मर्ज तथा घटुवा गरेको भन्दै चौतर्फी विरोध भएको छ । गाउँपालिकाले विद्यार्थी संख्याको आधारमा विद्यालय संचालन गर्नुपर्ने भन्दै केहि विद्यालय मर्ज र केहि घटुवा, केहि विद्यालयमा दरबन्दी मिलान गरेको थियो । भने केहि शिक्षकहरुको पनि सरुवा गरिएको थियो । त्यसको विरोधमा केहि अविभावक र शिक्षकहरुले विरोध जनाएका छन् ।

उनिहरुले गाउँपालिकाले निर्णय गर्नु अगाडी छलफल नगरेको गुनासो गरेका छन् ।
गुराँस गाउँपालिका वडा नम्बर ५ मा रहेको सरस्वती आधारभुत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष चित्र बहादुर चन्दले विद्यार्थी संख्याको आधारमा विद्यालयको दरबन्दी मिलन गर्नु सहि भएपनि आफ्नो विद्यालयमा ४ जना दरबन्दी अनिवार्य भएको बताए । तर गाउँपालिकाले एउटा दरबन्दी काटेको भन्दै यो निर्णयको विरोध गरेका छन् ।
गाउँपालिकाले केन्द्र र संघ सरकार भन्दा माथी उठेर काम गरेको उनले आरोप लगाए ।अर्का शिक्षक दशरथ चन्दले पक्षपातको अधारमा शिक्षक सरुवा गरिएको भन्दै यो निर्णय बदल्न गाउँपालिकालाई आग्रह गरे ।
उनले केहि व्यक्तीहरुलाई पाएक पर्ने नाममा शिक्षकहरु सरुवा गरिएको भन्दै आफुलाई त्यसमा दुख लागेको बताए ।
गुराँस गाउँपालिका वडा नम्बर ६ बडावलमा रहेको जनकल्याण आधारभुत विद्यालयलाई ३ सम्म बनाइएको भन्दै त्यहाँका अविभावकले विरोध जनाएका छन् ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर विसीले वडापालिका, गाउँपालिका कुनै पनि निकायले कुनै जानकारी नदिई एक्कासी निर्णय गरेको भन्दै दुख व्यत्त गरे । उनले यहाँका विद्यार्थीहरुलाई अन्य विद्यालयमा जान बर्षायामको समयमा समस्या भएको भन्दै जानकारी बिना नै निर्णय गरिएको आरोप लगाए ।
यता, गुराँस गाउँपालिका वडा नम्बर ८ मा रहेको जनसहयोग नेरा आधारभुत विद्यालय खनारालाई घटुवा गरिएकोमा विरोध जनाइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिम बहादुर खड्काले गाउँपालिकाले गरेको निर्णयलाई पुर्नविचार गर्न आग्रह गरे ।

उनले अविभावको चित्त दुखाएर गाउँपालिकाले गरेको निर्णय मान्य नहुने भन्दै दुखले बनाएको विद्यालयमा एउटा पनि दरबन्दी नदिनु गलत भएको बताए ।कम्तीमा एउटा दरबन्दी त राख्नुपर्ने ? विद्यालयका अविभावक रेशम बहादुर ओलीले भन्दै प्रश्न गरे ।
यता, गाउँपालिकाले भने विद्यालयलाई नभई विद्यार्थीलाई पढाउनुपर्ने भन्दै यो निर्णय कुनैपनि हालतमा परिवर्तन नहुने जनाएको छ । गाउँपालिका अध्यक्ष खेमराज ओलीले पहिले विद्यालय खोल भन्दै कागजमात्र दिने गरिएको भन्दै त्यसरी विद्यालय खोल्दा शैक्षिक गुणस्तरमा बृृद्धि हुन नसक्ने बताए ।विद्यार्थी संख्याको अधारमा विद्यालय संचालन हुने बताउदै त्यहीअनुसार नै दरबन्दी मिलान गरिएको अध्यक्ष ओलीको भनाई छ । विद्यालयका भौतिक संरचना मात्र भएको तर विद्यार्थी संख्या नभएका विद्यालयलाई मर्ज गर्ने कार्य जारी रहने बताए ।गाउँपालिकाले ५ कक्षा सम्म संचालन भएका ६ वटा विद्यालय, ३ कक्षा सम्म संचालन भएका २ वटा निमावीलाई प्रावीमा घटुवा गरेको थियो भने ३ वटा विद्यालयलाई मर्ज गरेको थियो ।

प्रतिक्रिया