मन्त्रीहरुको सम्पत्ति विवरण : महासेठ सबैभन्दा धनी मन्त्री !

मन्त्रीहरुको सम्पत्ति विवरण : महासेठ सबैभन्दा धनी मन्त्री !

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्री सहित बहालवाला मन्त्रीको सम्पत्ति सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा वर्तमान मन्त्रिपरिषद्का सदस्यहरु सम्पत्तिको हिसाबमा पनि कम देखिएका छैनन् भने लामो समयदेखि निष्ठाको राजनीति गर्दै आएकी महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापासंग मात्र सबभन्दा कम १ तोला सुन १५ हजार नगद देखिएको छ ।

बिहिवार सार्वजनिक गरिएको सम्पत्ति विवरणमा नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सबैभन्दा धेरै सम्पत्ति भौतिक पूर्वाधार तथा यातायात मन्त्री रुघुवीर महासेठको देखिएको छ । मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा मन्त्री महासेठसँग तीनवटा घर, सात ठाउँमा जग्गा, ५२ तोला सुन भएको विवरणमा उल्लेख गरिएको   छ ।
कुन मन्त्रीको कति सम्पत्ति ?

प्रधानमन्त्री केपी शर्मा ओली

भक्तपुरको डेढ रोपनी जग्गामा निर्मित तीनतले २ वटा घर, झापाको पृथ्वीनगरमा १० कठ्ठा जग्गा ।

श्रीमतीसहितको गरेर विभिन्न बैंकमा राखिएको कुल ७७ लाख रुपैयाँ र १७ तोला गरगहना ।

रक्षा मन्त्री ईश्वर पोखरेल :

टोखामा रहेको ३३ आनामा बनेको ३ तले घर, ९ तोला सुन र २५ तोला चाँदी

श्रीमतीसहितको गरी १३ लाख ४० हजार नगद , विभिन्न कम्पनीका गरी कुल १२ सयको शेयर ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’

तोला सुन, श्रीमतीको नाममा १४ हजार ६०० बराबरको १ सय ४६ कित्ता शेयर

विभिन्न बैंकमा गरेर ३ लाख २० हजार नगद, स्वकीय सचिवालयमा रहेको ३ लाख ६० हजार १ सय ९३ रुपैयाँ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली 

काठमाडौंमा बनेको दुई तले घर, २ तोला सुन,

विभिन्न बैंकमा गरेर २ लाख ४९ हजार २८३ नगद, १४ लाख ८५ हजार ऋण

अर्थमन्त्री युवराज खतिवडा

विभिन्न बैंकमा गरेर १ करोड ५८ लाख बैंक ब्यालेन्स,

काठमाडौँमा ३३ आना जग्गा, श्रीमतीको नाममा झापा, दोलखा, भक्तपुरमा जग्गा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित 

बैंकमा ५५ लाख नगद, चार विघा दुई कठ्ठा जमिन, १० तोला सुन र १५ तोला चाँदी, एउटा साइकल

श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट 

अन्दाजी ७ तोला सुन, विभिन्न बैंकमा गरि ७ लाख ३४ हजार एकसय ३३

नेपानी तथा सरसफाई मन्त्री विना मगर 

भरतपुरमा श्रीमानको नाममा दुई कठ्ठा जमिन, ५ तोला सुन, १६ तोला चाँदी

 पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ 

ललितपुरमा एक र धनुषामा २ गरी तीन घर , सात ठाउँमा जग्गा

५२ तोला सुन, ५ वटा कम्पनीमा ४० करोडभन्दा बढीको शेयर, २५ करोड ऋण

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा 

५० तोला सुन र २० लाख बैंकमा रकम

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादव 

५ लाख ५२ ८ सय ७२ नगद, १६ तोला सुन

सिरहा, धनुषा र ललितपुरकाविभिन्न स्थानमा जग्गा

संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र्र अधिकारी 

पैतृक १ सय ३ रोपनी १५ आना जग्गा, २४ लाख ५७ हजार ५ सय नगद

३० लाख २६ हजार बराबरको हाइड्रोपावरमा शेयर

महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा 

१ तोला सुन १५ हजार नगद

कानून न्याय, तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ 

३० तोला सुन, १ लाख २८ हजार ९ सय ४२ नगद र १५ लाख शेयर, श्रीमतिको नाममासहित सिन्धुपाल्चोक, मोरङ र काठमाडौंमा जग्गा ।

वन तथा वातावरण मन्त्री शक्ति बस्नेत 

२० लाख १० हजार नगद, ५ तोला सुन र १० किलो चाँदी

सार्वजनिक गरिएका सबै मन्त्रीको सम्पत्ति विवरणलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सम्पत्ति शुद्धीकरण विभागमा पठाउने छ ।

प्रतिक्रिया