पूर्ण सरसफाई युक्त नमूना गाउँटोल बनाउने अभियान

पूर्ण सरसफाई युक्त नमूना गाउँटोल बनाउने अभियान

१० जेठ २०७५,
दुल्लु नगरपालिकाका विभिन्न वडा भित्र रहेका गाउँ तथा टोलहरुलाई पूर्ण सरसफाई युक्त नमूना गाउँटोल बनाउने अभियान तिब्र पारिएको    छ । अभियान अन्तरगत दुल्लु नगरपालिका वडा नं. २ र ४ का स्थानीय सरोकारवाला निकायहरुलाई तालिम प्रदान गरिएको छ ।
पूर्ण सरसफाई युक्त नमूना गाउँटोल बनाउनका लागि दुई वटा वडामा निर्वाचित वडाअध्यक्ष, वडामा निर्वाचित सदस्यहरु, महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई वडास्तरिय पूर्णसरसफाई अभिमुखीकरण तालिम सम्पन्न गरिएको छ ।


अभिमुखिकरणको सहजिकरण सामाजिक सेवा केन्द्र (सोसेक ) नेपाल, दैलेखको द्धारा सञ्चालित एकीकृत जलस्रोत ब्यवस्थापन कार्यक्रमका फिल्ड निरिक्षक मानबहादुर थापाले गरेको जनाइएको छ ।
उक्त तालिममा एकीकृत जलस्रोत ब्यवस्थापन कार्यक्रमका ललिता भण्डारी र बिष्णुप्रसाद भट्टराई तथा आशा कार्यक्रमका जिवकुमारी खडकाको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया