दैलेखमा तीन दिनदेखि विद्युत अापूर्ति बन्द

दैलेखमा तीन दिनदेखि विद्युत अापूर्ति बन्द

जेठ १२, २०७५

दैलेख : तीन दिनदेखि विद्युत सेवा अवरुद्ध हुँदा दैलेखमा विद्युतीय माध्यममार्फत सञ्चालन हुने सबैजसो कामकाज ठप्प भएका छन्। गत बुधबारदेखि विद्युत आपुर्ति नहुँदा दैलेखका उद्योग, कलकारखाना, एफएम, टेलिभिजन सञ्चालन र पत्रपत्रिका प्रकाशन हुन सकेका छैनन्। कार्यालयमा आउने सेवाग्राहीहरू समेत मर्कामा परेका छन्। गत बुधबार साँझ गएको हावाहुरी र वर्षाका कारण विभिन्न स्थानमा विद्युतका पोल ढल्नुका साथै अन्य क्षति पुगेका कारण विद्युत लाइन अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण दैलेख वितरण केन्द्रले जनाएको छ।

प्रतिक्रिया