स्थानीय तहमा ससर्त अनुदान एक खर्ब १४ अर्ब विनियोजन

स्थानीय तहमा ससर्त अनुदान एक खर्ब १४ अर्ब विनियोजन

काठमाडौं : अर्थमन्त्री युवराज खतिवडाले तल्लो तहको लागि चार किसिमका अनुदान दिनको लागि बजेट विनियोजना गरेका छन्। मंगलबार संसदमा बजेट पेश गर्दै खतिवडाले यसको लागि चार खर्बभन्दा बढी बजेट विनीयोजन गरेका हुन्।  जसअनुसार  वित्तीय समानीकरण अनुदान स्थानीय तह र प्रदेश तहलाई दिन  एक खर्ब ३५ अर्ब रुपैयाँ विनीयोजन गरिएको छ। त्यस्तै शसर्त अनुदान प्रदेश तहलाई ६३ अर्ब १३ करोड र स्थानीय तहलाई एक खर्ब १४ अर्ब रुपैयाँ विनीयोजन गरेका छन्।  विशेष अनुदान वापत २० अर्ब रुपैयाँ छुटाइएको र प्राकृतिक स्रोत साधन तथा रोयल्टि बाँडफाटबाट स्थानीय तथा प्रदेश तहमा एक खर्ब १४ अर्ब बजेट विनियोजन गरेको अर्थमन्त्री खतिवडालेब बताए।

प्रतिक्रिया