महिला र बालबालिकाप्रति सम्वेदनशीलता जरुरी

महिला र बालबालिकाप्रति सम्वेदनशीलता जरुरी

दैलेख , जेठ १८ – जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले मानवअधिकार प्रवद्र्धनको कार्यमा महिला तथा बालबालिकाको सवालमा सम्वेदनशील हुन आवश्यक रहेको बताएका छन् । इन्सेकको इएलपी कार्यक्रम अन्तरगत आज दैलेखमा भएको अनुभव आदान प्रदान कार्यक्रममा उनले सो विचार राखेका हुन् ।
प्रमुख थापाले महिला र बालिकाहरुको सुरक्षा, आत्मसम्मान र सशक्तिकरणमा सरकारी तथा गैरसकारी क्षेत्रको लगानी बढाउन पनि सुझाव दिए ।

कार्यक्रममा नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले बस्ती स्तरका योजना र संस्थागत माग भई आएमा बालबालिका र मानवअधिकार प्रवद्र्धनका क्षेत्रमा नगरपालिकाले लगानी बढाउन तयार भएको प्रतिवद्धता व्यक्त गरे ।
त्यसबखत दैलेखका प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपानले अनौचापरिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले संकटकालमा मानवअधिकार प्रवद्र्धन क्षेत्रमा गरेको प्रशंसा गर्दै देशको समृद्धिका निम्ति शान्ति सुव्यवस्था आवश्यक रहेको बताए । उनले शान्ति सुरक्षा प्रभावकारिता निम्ति सहकार्य आवश्यक रहेको बताए ।
मानवअधिकार प्रवद्र्धनका क्षेत्रमा सहकार्य विषयमा खुला अन्तरक्रिया भएको कार्यक्रमा जिल्ला समन्वय समितिका उपप्रमुख लक्ष्मीदेवी शाह, प्रहरी इन्स्पेक्टर बजीरसिंह बिष्ट, जिल्ला स्तरीय मानवअधिकार निगरानी समूहका संयोजक ज्योती कटुवाल समुदाय स्तरका मानवअधिकार निगरानी समूह, बालअधिकार चेतना समूह र युवा समूहका प्रतिनिधिहरुको पनि सहभागिता थियो ।
खुला अन्तरक्रियाको क्रममा इन्सेकको इएलपी कार्यक्रम अन्तरगत भइरहेका क्रियाकलाप, स्थानीय समस्या र समुदाय जागरणका सम्भावना विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया