सिपलाई व्यवहारमा लागु गर्नुहोस – नगर प्रमुख भण्डारी

सिपलाई व्यवहारमा लागु गर्नुहोस – नगर प्रमुख भण्डारी

दैलेख– दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले तालिममा सीप सिकेर व्यवहारमा लागु गर्न आग्रह गरेका छन् । दुल्लु नगरपालिका १२ गौरीको आर्थिक सहयोग तथा महिला सञ्जाल गौरीको व्यवस्थापनमा सञ्चालन गरिएको ३ महिने सिलाईकटाई तालिमको समापनमा बोल्दै भण्डारीले सिपलाई व्यवहारमा प्रयोग नहुने तालिमको अर्थहिन हुने बताए ।
विपन्न समुदायका नागरिकको सीप विकासले स्थानीय स्तरमै रोजगारीको सृजना भई नगरपालिकाको आन्तरिक आम्दानी बढाउन सहयोग पुग्ने बताए ।

हामी रोजगारी खोज्दै कालापहाड र खाडीमुलक जाने गर्छाैं, तर गाउँमा केही गर्न नचाहने हाम्रो संस्कार रहेको ,त्यसैले गाउँमै रोजगारी बढाउने अवसरको खोजी गरौं, आफ्नै गाउँमा रोजगारीको खोजी गरी आत्मनिर्भर बन्ने लद्यु उद्यमीलाई आर्थिक तथा प्राविधिक सहयोग गर्न नगरपालिका तयार छ, नगर प्रमुख भण्डारीले भने ।
ग्रामिण क्षेत्रमै रोजगारीको सृृजना गरी महिलाहरुको आर्थिक तथा सामाजिक अवस्थामा सुधार होस भन्ने उद्धेश्यले सिलाई कटाई तालिमको आयोजना गरिएको वडा अध्यक्ष झुपाराम लम्सालले बताए ।

तालिमले आर्थिक तथा सामाजिक अभावमा दिन गुजारीरहेका विपन्न महिलाहरुको जीवनस्तर सुधार गर्न सहयोग गनेृ लम्सालको भनाई छ ।
महिलालाई घरेलु हिंसा लगायतका समस्याबाट मुक्त गर्न उनीहरुको क्षमता विकास गरी रोजगारीमा प्रत्यक्ष सहभागी गराउन आवश्यक रहेको महिला सञ्जालकी अध्यक्ष तिला न्यौपानेले बताईन् । सिलाई कटाई तालिमबाट पाएको सीपलाई सदुपयोग गरे सामान्य गर्जाे टार्न ऋण माग्नु नपर्ने उनको भनाई थियो । २० जनाको सहभागीतामा ३ महिना सम्म सञ्चालन गरिएको सिलाई कटाई तालिमका सहभागीले सिप सिकेर व्यवसाय संचालन गरि घरपरिवारको दैनिक खर्च सञ्चालन गर्न सकिने बताएका थिए ।

प्रतिक्रिया