मेरुदण्ड भाचिँएका रिजालको उपचारमा समस्या

मेरुदण्ड भाचिँएका रिजालको उपचारमा समस्या

परिवारद्वारा आर्थिक सहयोगको याचना

फोटो -आर्थिक अभावले उपचार नपाएका चन्द्रप्रसाद रिजाल ।

दैलेख जेठ २३ – दैलेखको भैरवी गाउँपालिका ५ का चन्द्रप्रसाद रिजालको उपचारमा समस्या भएको छ । सवारी दुर्घटनामा परी मेरुदण्ड भाचिँएका रिजालको आर्थीक अभावले उपचारमा समस्या देखिएको हो । रिजालको उपचारका लागि परिवारले आर्थिक सहयोगको याचना गरेको छन् । आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै दैलेखको भैरवी गाउँपालिका–५ का चन्द्रप्रसाद रिजालको उपचारका लागि परिवारले सहयोगका लागि अपिल गरेका हुन् ।
भारतको बडौरामा गत असोज २१ गते भएको सवारी दुर्घटनामा घाईते भई मेरुदण्ड भाँचिएका उनले हाल मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतमा उपचार गराइरहेका छन् । बडौरामा भएको उपचारमा परिवारसँग भएको रकम सकिएपछि नेपाल आएका उनले अप्रेसन गरि रड हालेका छन् । तर, उनको शरिरमा भएका घाउँको उपचार गर्ने रकम नभएपछि उनी समस्यामा परेका हुन् । उपचार खर्च अभाव भएकाले २२ वर्षिय रिजालको उपचार हुन नसकेको भिनाजु हरिप्रसाद सापकोटाले बताए ।
सापकोटाका अनुसार डाक्टरले उनको उपचार सुर्खेतमा सम्भव नभएको बताएका छन् । घरको आर्थिक अवस्था कमजोर भएकै कारण थप उपचारका लागि काठमाडौं लिन नसकिएको उनले बताए । आर्थिक अभावका कारण उनी विगत नौं महिनादेखि थलिएका छन् । उनको उपचारका लागि सहयोग गर्न आग्रह गरिएको छ । उपचारका लागि १५ लाख खर्च भइसकेको उनले बताए । ‘परिवारसँग भएको जग्गा र ऋणसापटमा उपचार गरायो तर, थप उपचारका लागि भने पैसा पुगेन’ उनले भने, ‘आफन्तले समेत वास्ता गर्न छोडेपछि उपचार गर्न मुस्किल परेको छ ।’
उपचारमा सहयोग गर्न चाहानेले रिजालका भिनाजु हरिप्रसाद सापकोटाको नाममा रहेको सानिमा बैंक शाखा सुर्खेतको खाता नम्बर ०३००००००८७३० मा सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया