उहाँको स्वास्थ्य अवस्था भने जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।डा.देवकोटाको स्वास्थ्यमा सुधारको क्रम कम हुदै स्वासप्रस्वासमा समेत गाह्रो भएपछि मंगलबार देखि सघन उपचार कक्षमा भेन्टिलेटरमा राखि उपचार गराउँदै आएको थियो । भेन्टिलेटरमा पनि उहाँलाई असहज भएका कारण शुक्रवार रातीबाट भेन्टीलेटरबाट निकालीएको अस्पताल स्रोतले जनाएको छ । उहाँको उपचार जारी रहेकै अवस्थामा सामाजिक संजालमा फैलाएका सन्देशमा सत्यता नरहेको पनि अस्पताल स्रोतले जनाएको छ ।
डा.देवकोटोको उपचार जारी, हल्लामा सत्यता छैन– न्यूरो अस्पताल
प्रतिक्रिया