‘यात्रा उद्यमीको’ नामक कार्यक्रम संचालन

‘यात्रा उद्यमीको’ नामक कार्यक्रम संचालन

इटहरी संवाददाता

२०७५ जेठ २७, एभरेष्ट पोलेसी इन्स्टिच्युट र ग्लोबल अन्टरपेनरको आयोजनामा हरेक महिनाको अन्तिम विहिबार ‘यात्रा उद्यमीको ’ नामक कार्यक्रम संचालन हुने भएको छ । उधम के हो ? उद्यमशिलता के हो ? कस्ता चुनौती आउछँन ? कसरी त्यसलाई पार लगाउने तथा अबसर कस्ता छन,् जस्ता बिषयमा केन्द्रित भएर हरेक महिना एक सफल उद्यमीले आफ्नो अनुभव सुनाउने उक्त कार्यक्रम इटहरी स्थित पी.एन.आए. हलमा हुने आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार यस पटकको कार्यक्रममा आफ्नो अनुभव सुनाउन बसन्तटारका बासिन्दा युवा कृषक कृष्ण राई आउने बताइएको छ ।
राई एकमुठा साग किन्न समेत धरानको बजार जाने गर्थे तर अहिले त्यही ठाउँका मान्छेहरू तरकारी बेचेर वार्षिक लाखौँको आम्दानी गर्ने गरेका छन् । उनले तरकारी खेती मार्फत आफुलाई सफल उद्यमीको रुपमा परिचय बनाएका छन् । एभरेष्ट पोलेसी इन्स्टिच्युटका कार्यक्रम निर्देशक सम्राट थापाका अनुसार यात्रा उधमी कार्यक्रमले सानो नेपालमा अबसर नदेख्ने युवा र नेपालमै केहि गर्छु भन्ने युवा पुस्ताका लागि लक्षित गरिएको र यस कार्यक्रमले युवाहरुमा नयां जोस ल्याउने आशा राखेको बताए ।

प्रतिक्रिया