दुल्लु नगरको वडा नं. ३ बन्यो पुर्ण सरसफाई युक्त नमुना वडा

दुल्लु नगरको वडा नं. ३ बन्यो पुर्ण सरसफाई युक्त नमुना वडा

दैलेख– दैलेखको दुल्लु नगरपालिका वडा नं. ३ लाई पूर्ण सरसफाई युक्त नमूना वडा घोषणा गरिएको छ । “दिगो विकासको मुल आधार, स्वच्छ खानेपानी सरसफाई युक्त बानी ब्यवहार” भन्ने मुल नाराका साथ वडा नं. ३ लाई पुर्णसरसफाई युक्त नमुना वडा घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा बोल्दै दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले कर्णाली नदिसंग जोडिएको वडा ३ मा अर्गानिक होमस्टे निर्माण गर्नका लागि पहल थालिने बताए । स्वास्थ्य र सरसफाई विकासको पहिलो खुड्कीलो भएको बताउदै भण्डारीले वडा नं. ३ मात्रै नभएर नगरपालिकालाई नै पुर्ण सरसफाई युक्त नमुना नगरपालिका बनाउने गरि नगरपालिकाले कार्यक्रम संचालन गर्ने बताए ।
उप–प्रमुख बिष्णु थापाले गाउँमा भएका सम्पुर्ण समस्या सामाधान तर्फ ध्यान दिनुपर्ने औल्याइन् । समाजमा रहेको छाउपडी प्रथाले नराम्रो संग जडा गाडेको छ, त्यसको अन्त्यका लागि सबैको सहकार्य आवश्यक छ । उनले भनिन् ।
कार्यक्रममा बोल्दै चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सुर्य बहादुर शाहीले दुल्लु र चामुण्डाविन्द्रासैनी नगरपालिका मिलेर पुर्णसरसफाई युक्त नमूना नगरपालिका घोषणा गर्न विभिन्न अभियान संचालन गर्ने जनाए ।
दुल्लु नगरपालिका वडा नं ३ का वडा अध्यक्ष कलम खनालले पुर्णसरसफाईका सुचकहरु दिर्घकालीन रुपमा निरन्तर प्रयोग गर्न स्थानीयलाई सुझाव दिए । उनले पूर्ण सरसफाईका सूचकहरुलाई दिर्घकालिन रुपमा लागु गर्नका लागि वडाबाट गर्नुपर्ने जस्तो सुकै सहयोग गर्न तयार रहेको प्रतिबद्धता गरे । कार्यक्रममा जिल्ला स्थित सरकारी, गैरसरकारी सस्था तथा राजनितिक दलका प्रतिनिधि तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख द्धारा सञ्चालीत एकिकृत जलस्रोत कार्यक्रमका मान बहादुर थापा र ललीता भण्डारीको सहभागी थिए । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको सहजिकरण तथा एकिकृत जलस्रोत ब्यवस्थापन कार्यक्रम हेल्भेटास नेपाल, सुर्खेतको आर्थिक सहयोग र दुल्लु नगरपालिकाको समन्वय तथा बडा न ३ को आयोजनामा वडा नं. ३ लाई पुर्ण सरसफाई युक्त नमुना वडा घोषणा गरिएको हो । घोषणा कार्यक्रमाको संचालन वडा नं ३ का स्वास्थ्य चौकीका अहेव पुर्ण बहादुर खनालले गरेका थिए ।

प्रतिक्रिया