सातै प्रदेशले अाज बजेट ल्याउँदै

सातै प्रदेशले अाज बजेट ल्याउँदै

असार १, २०७५ काठमाडौं :

मुलुक संघीय संरचनामा गएसँगै सातै प्रदेशले शुक्रबार आगामी वर्षका लागि बजेट ल्याउँदैछन्। सातै प्रदेशका सभा बैठकमा पहिलोपटक बजेट पेश गर्न लागिएको हो। अन्तर सरकारी वित्त व्यवस्थापन ऐनको दफा २१ मा प्रदेशले असार १ भित्र आगामी वर्षको अनुमानित आय व्ययको विवरण पेश गर्नुपर्ने उल्लेख छ।

आगामी वर्षको नीति तथा कार्यक्रम सबै प्रदेश सरकारले सार्वजनिक गरिसकेका छन्।  संघीय सरकारले कुल बजेटको १३.९८ प्रतिशत प्रदेश सरकारलाई पठाएको छ। संघीय सरकारले पठाएको बजेट र आन्तरिक स्रोतलाई आधार मानी प्रदेश सरकारले बजेट ल्याउने व्यवस्था गरिएको छ। संघीय सरकारले संवैधानिक व्यवस्थाअनुसार नै जेठ १५ गते बजेट ल्याएको थियो। स्थानीय सरकारले भने असार १० गतेसम्ममा बजेट ल्याउनुपर्ने व्यवस्था छ।

प्रतिक्रिया