स्वास्थ्य चौकीलाई बर्थिङ्ग सेन्टरका सामग्री हस्तान्तरण

स्वास्थ्य चौकीलाई बर्थिङ्ग सेन्टरका सामग्री हस्तान्तरण

दैलेख – डुङ्गेश्वर गाउँपालिका वडा नं. ५ मा रहेको डाँडापराजुल स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टरका सामग्रीहरु हस्तान्तरण गरिएको छ । सेभ द चिल्ड्रेनको आर्थीक सहयोगमा बर्थिङ्ग सेन्टरमा चाहिने आवश्यक सामग्री हस्तान्तरण गरिएको हो । सेभ द चिल्ड्रेनको आर्थीक सहयोगमा संचालित नेपाल हेल्थ प्रोजेक्टले करिब १ लाख बराबरको सामग्री हस्तान्तरण गरिएको थियो । डुङ्गेश्वर गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष टेक बहादुर भण्डारीले स्वास्थ्य चौकीका इन्चार्ज रमेश न्यौपानेलाई सामग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै सेभ द चिल्ड्रेन द्धारा संचालित नेपाल हेल्थ प्रोजेक्ट कार्यक्रमका संयोजक सुजन कटुवालले बच्चाले सुरक्षित जन्मन पाउने उसको मौलिक हक भएको बताए ।
नेपालमा बर्थिङ्ग सेन्टरमा आवश्यक मेसिन तथा औजारहरु प्रयाप्त नहुँदा गर्भवती आमा र बच्चा दुवैको मृत्यु भएका थुप्रै घटनाहरु घट्ने गरेका छन्, कटुवाले भने अब कुनै पनि आमा र बच्चाले सामग्री अभावका कारण मृत्यु हुने अवस्था आउदैन् ।
हस्तान्तरण गरिएको सामग्रीको प्रयोग तथा संरक्षण गर्ने दायित्व कर्मचारी र समुदायको भएको उनले बताए । कार्यक्रममा वडाअध्यक्ष टेक बहादुर भण्डारीले विगतमा सामग्रीको अभावका कारण स्थानीय नागरिकहरुले सहज र सुलभ स्वास्थ्य सेवा पाउन नसकेको बताउदै अब त्यस्तो समस्या समाधान भएको बताए । आगामी दिनमा सेभ द चिल्ड्रेन र स्थानीय तहमा निर्वाचित जनप्रतिनीधिहरु विचको सहकार्य आवश्यक रहेको उनको भनाई छ ।

प्रतिक्रिया