दुर्गमको लोभलाग्दो विद्यालय

दुर्गमको लोभलाग्दो विद्यालय

दैलेख असार ३
गुराँस गाउँपालिका ६ पिलाडी स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हँुदा प्रेम वि.क.लाई राती निद्रा लाग्दैन्थ्यो । हरेक रात उनी निदाउनु अघि सधै सोच्थे “हाम्रो विद्यालय, राम्रो विद्यालय” कसरी बनाउन सकिएला ? उनले कैयौ दिन र रातहरु राम्रो विद्यालय बनाउने योजनामै बिताए । वि.क.ले सपना देखे, कल्पना गरे र त्यो अनुसार अवसरहरु पनि खोज्दै गए । अध्यक्ष भएको दुई वर्षमै विद्यालयमा देखिने गरी परिवर्तन भएको छ । गुणस्तरिय सिकाई वातावरणका सबै सूचकहरु विद्यालयले पुरा गरेको छ । हाम्रो समाजमा सपना देख्नेलाई राम्रो मानिदैन, वास्तविकता त्यो हो, जसले सपना देख्दैन उसले जिन्दगीमा केही गर्न पनि सक्दैन् । वि.क.ल्् भने ।
कक्षा ५ सम्म पढाई हुने उक्त विद्यालयका सबै कक्षा कोठामा पि फर्म र कार्पेटको व्यवस्था गरिएको छ ।

सबै कक्षा कोठा शैक्षिक सामाग्रीले छापामय देखिन्छन् । प्रत्येक कक्षामा सानो पुस्तकालय छ । जहाँ बाल सिकाई सामाग्रीहरु राखिएको छ । शिक्षकले विद्यार्थीलाई कहिल्यै पढ भन्नु पर्दैन् । उनीहरु आफै मन लाएर पढ्ने गर्छन् ।
नजिकै बोर्डिङ्ग स्कुल छ । तर त्यस समुदायका बालबालिकाहरु उक्त बोर्डिङ्गमा जान मन गर्दैन्न । अध्यक्ष वि.क.ले भने, विद्यार्थी नियमितता र सरकारी विद्यालय प्रतिको आकर्षण बढाउन विद्यार्थी र शिक्षकहरुको लागि टाई वेल्ट, पोषाक र परिचय पत्रको अनिवार्य व्यवस्था गरिएको छ । गत र चालु शैक्षिक सत्रमा झण्डै एक दर्जन भन्दा बढी बालबालिका बोर्डिङ्गबाट सरकारी विद्यालयमा आएको वि.क.को भनाई थियो । उक्त विद्यालयबाट जति बालबालिका माथिल्लो कक्षा उर्तिण गरि बाहिर जान्छन तिनीहरु सबै आफ्नो स्थान लिन सफल भएका छन् । त्यसैगरी श्रोत केन्द्रस्तरीय हुने अतिरिक्त क्रियाकलापमा पनि कुनै न कुनै स्थान ल्याउन सफल भएको वि.क.ले बताए ।
अभिभावकको सक्रियताले विद्यालय राम्रो बनाउन सकिने उनको बुझाई छ ।

धनटाकुरीका अभिभावकहरु विद्यालयमा प्रत्येक दिन पालो लगाउने गर्छन् । आफ्नो पालोमा दिनभरी विद्यालय बसी क्षमता अनुसार काम गर्ने गरेका छन् । पढाउन सक्ने अभिभावकले खाली पिरियडमा पढाउछ र पढाउन नसक्नले विद्यालयको सरसफाईमा सहयोग गर्छन् । हेर्दा देखिन्छ, विद्यालयप्रति समुदायको मोह वगैचालाई हेर्ने कुनै मालीको भन्दा कम छैन् ।
चाहे जस्तो गरी अझै विद्यालय सुधार गर्न नसकिएको विद्यालयका प्रधानध्यापक सूर्य वलीको भनाई छ । हामीले जुन सोचेर लागेका छौ पुरा गर्न सकिरहेका छैनौ । विद्यालय शिक्षामा गुणस्तर ल्याउन तल्लो तहबाटै पहल गर्नुपर्ने वलीको बुझाई छ ।

प्रतिक्रिया