कर्णाली प्रदेशकाे आय-व्यय विवरण सार्वजनिक

कर्णाली प्रदेशकाे आय-व्यय विवरण सार्वजनिक

सुर्खेत : कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७४/०७५ को खर्च विवरण सार्वजनिक गरेको छ। सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७४/०७५ जेष्ठ सम्मको विवरणमा प्रदेश सचिवालयको खर्च सवैभन्दा बढी देखिएको छ। प्रदेशसभा सचिवालयले सबै भन्दा बढी खर्च २ करोड २ लाख ५८ हजार ८०० रकम अर्थात ३२.३७ प्रतिशत गरेको छ। त्यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको चालु र पुँजीगत तर्फगरी जम्मा १ करोड ७१ लाख ९ हजार २७१ बजेट र प्रगति प्रतिशतका हिसावले १०.६४ प्रतिशत बजेट खर्च गरेको विवरण सार्वजनिक गरिएको छ।

सरकारले सामाजिक विकास मन्त्रालयतर्फ चालु तथा पुँजीगत गरी जम्मा १ करोड १९ लाख १६ हजार ४३ रकम अर्थात १५.२७ प्रतिशत बजेट खर्च गरेको छ। सरकारले सार्वजनिक गरेको विवरण अनुसार, विभिन्न मन्त्रालय र सरकारी निकायहरूको खर्च तथा प्रगति विवरण अनुसार अघिल्लो वर्षमा विनियोजन गरिएको बजेटको चालुतर्फ ४३ करोड ९३ लाख ३ हजार र पुँजीगत विनियोजनतर्फ ५८ करोड ११ लाख ९७ हजार गरी सो आर्थिक वर्षमा जम्मा १ अर्ब २० करोड ५० लाख विनियोजित गरेको थियो। त्यस्तै गत जेष्ठ सम्मको चालु खर्च ५ करोड ४५ लाख ११ हजार ५७०.४२ त्यस्तै पुँजिगततर्फ २ करोड १२ लाख ४० हजार ७३३ रकम खर्च भएको छ। कुल बजेटका ७.४१ पतिशत बजेट मात्र खर्च भएको कर्णाली सरकारले जनाएको छ।

प्रतिक्रिया