फोहोर व्यवस्थापन गर्न बाँसको प्रयोग

फोहोर व्यवस्थापन गर्न बाँसको प्रयोग

दैलेख असार ६
के तपाई भवगतीमाई गाउँपालिकाका ४, ५ र ६ वडामा जाँदै हुनुहुन्छ ? यदि त्यहाँ जानु भयो भने प्रत्येक घरमा बाँसबाट बनाइएका डोका देख्नुहुन्छ । तपाईलाई अच्चम लाग्न सक्छ, यो के कामको लागि बनाएको होला भनेर, तर अच्चम मान्नु पर्दैन । घरका अगाडी राखिएको डोको फहोर व्यवस्थापन लागि राखिएको हो । घरको वरपर सफा सुन्दर देख्नु हुनेछ । बाँसको डोकामा कसरी फाहोर व्यबस्थापन होला ? तर जँहा समस्या त्यँहा उपाय भनेझै घरबाट निस्कने पहोर व्यवस्थापनका लागि डोको नै उत्तम हुने गरेको पाइएको छ ।
“घरबाट निस्कने फोहोर घरको वरिपरी हुन्थ्यो, घरमा कोही पाउना आउनुभयो भने लाज हुने, त्यसका लागि जम्मा गरेर बारी तथा जंगलमा फाल्ने गरेका थियौ, फोहोर व्यवस्थापन गर्नका लागि कुइने र नकुइने फोहोरका वारेमा जानकारी थिएन, सबै एकै स्थानमा फाल्थौ फोहोर व्यवस्थापन वारे जनाकारी पायौ,अहिले कुइने र नहिने सामाग्री छुट्यार फोहोर व्यवस्थापन गरेका छौ, भगवतीमाई गाउँपालिका वडा ५ का दान बहादुर सिंहले भने ।”
भगवतीमाई गाउँपालिका ग्रामिण जलस्रोत परियोजनाको आर्थिक तथा प्राविधिक सहयोग र समाजीक सेवा केन्द्र (सोसेक) नेपालको सामाजीक सहजीकरणमा कार्यक्रम संचालन भएपछी फोहोर व्यवस्थापन बारे जानकारी पाएसंगै अहिले सबैको घरको फोहोर व्यवस्थापनका लागि बाँसको डोका तयार पारिएको छ ।
सरसफाईका लागि बिभिन्न जनचेता फैलाउने र फाहोर व्यवस्थापनका लागि परियोजनाले राम्रो काम गरेको भगवतीमाई गाउँपालिका ४ की टिका अधिकारीले बताइन् । फोहोर पनि कस्तो खालको हो भनेर छुट्याउने र जलाउने काम गरेका थिएनौ, अहिले प्रत्येक घरले फोहोर व्यवस्थापन गर्न उक्त कार्य गरेका छन, उनले भनिन् । १ फिट लामो बाँस लाई चिरा पारेर अन्य बाँसबाट चौया निकाली त्यसलाई बुनेपछि डोका निर्माण गर्नेका लागि डेमो प्रर्दशन गरेपछि आफैले डोको निर्माण गरेको भगवतीमाई गाउँपालीका ४ केविजंग थापाले बताए ।
गाउँमा बिभिन्न सरसफाईका अभियान संचालन भएपनि त्यसको प्रयोग कसैले गरेका थिएनन्, भगवतीमाई गाउँपालीका ग्रामिण जलस्रोत परियोजनाका फिल्ड अधिकृत प्रकाश अधिकारीले भने । “हामीले नयाँ तरिकाबाट उनीहरुको व्यवहारमा परिवर्तन ल्याई सभ्य समाज निमार्ण गर्ने संकल्पका साथ काम गरेको छौ ।”
“यो प्रविधि हाम्रा लागि नयाँ हो, फोहोर फाल्ने प्लाष्टिकका भाडा किन्दा महंगो पर्छ, कतिले किनेका छन, तर स्थानीय रुपमै पाउने बाँसको प्रयोगबाट समाग्री निर्माण हुने रहेछ, पैसा पनि बच्यो फोहोर पनि व्यवस्थापन भयो, ” भगवतीमाई गाउँपालीका ५ का वडाअध्यक्ष कृष्णबहादुर शाहीले भने ।

प्रतिक्रिया