रूकुम पश्चिम–बाँफिकोट छुवाछूत मुक्त गाउँ

 रूकुम पश्चिम–बाँफिकोट छुवाछूत मुक्त गाउँ

सार्वजनिक धारा, कुवा तथा भौतिक संरचना प्रयोग र प्रवेशमा विभेद अन्त्य भएको, सबै जातजातिहरू मन्दिरमा साझा पहुँच भएको, जातीय कारणले चुलो, भान्सा, तथा खानपानमा छुवाछूत तथा विभेद अन्त्य भएको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै, जातीय छुवाछूत भेदभाव देखाउन भाषा तथा शब्द प्रयोग नहुने गरेको र कानुनी रूपमा जातीय भेदभाव छुवाछूत सामाजिक अपराध हो भन्ने बुझाइ सबैमा भएकाले बाँफिकोटलाई जातीय छुवाछूत तथा जातीय सद्भावयुक्त गाउँपालिका घोषणा गरिएको हो ।
यसैबीच अन्तरजातीय विवाहलाई सहज स्विकार्दै जाने तथा सामाजिक संस्कारहरूमा सम्मानजनक सहभागिता भएको, विद्यालयहरूमा बालबालिकाहरूलाई जातीयताको आधारमा हुने विभेद अन्त्य भएको, बाली घरे प्रथान अन्त्य हुँदै गएको जनाइएको छ ।परम्परागत जातीय सीपमा आधारित काममा सम्मानजनक व्यवहारको वृद्धि भएको र सामाजिक सांस्कृतिक तथा राजनीतिक क्षेत्रमा जातजातिहरूको समाज सहभागिता सुनिश्चतता देखिएपछि घोषणा गर्न सफल भएको अध्यक्ष केसीले बताए ।
छुवाछूतमुक्त तथा जातीय सद्भावयुक्त गाउँपालिका घोषणाका लागि गाउँ कार्यपालिकाले छुट्टै ८ वटा नीति ताथ कार्यक्रम तय गरेको छ । छुवाछूत तथा जातीय सद्भावयुक्त घोषणालाई दिगो बनाउन उच्च संस्कार बस्ती निर्माण, सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने, नमुना दलित बस्ती निर्माणका लागि नीति बनाई कार्यान्वयन गरिने, त्यसको प्रोत्साहनका लागि थप बजेटको व्यवस्था गर्ने गाउँपालिकाले जनाएको छ ।पर्यटकीय महत्त्वको दलित बस्तीको विकास गर्ने, दलित समयदुाको सबै विकासका लागि विशेष पहल गरिने, सभ्य, समान र समतामूलक समाज निर्माण गर्न दलित समुदायको समावेशी, समानुपातिक प्रतिनिधित्व र नेतृत्वमा पनि विशेष जोड दिइनेलगायतका थप नीति बनाइएको अध्यक्ष केसीले बताए ।
गाउँपालिकालाई छुवाछूत तथा जातीय सद्भावयुक्त घोषणा गर्नुपूर्व दसवटै वडामा विभिन्न अन्तरक्र्रिया तथा चेतनामूलक कार्यक्रम गरिएको थियो । त्यस कार्यक्रमको उपलब्धिस्वरूपकर्णाली प्रदेशमा पहिलो पटक ठूलो सामाजिक अभियानको थालनी गरेको अध्यक्ष केसीले बताए ।
ठूलो सामाजिक अभियान : मन्त्री रावल
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कर्णाली प्रदेशमै बाँफिकोट गाउँपालिकाले ठूलो अभियानको सुरुआत गरेको बताए । कानुनी रूपमा पहिले नै छुवाछूत प्रथा हटे पनि व्यावहारिक रूपमा नहट्दा यस्ता अभियान सञ्चालनको आवश्यकता रहेको उनको भनाइ छ ।
उनले छुवाछूतमुक्त तथा जातीयसद्भावयुक्त गाउँपालिका घोषणा गर्दै मन्त्री रावलले भौतिक विकास मात्रै विकास नभएर चेतनाको विकास हुनु पनि ठूलो विकास भएको बताए । ‘यो गाउँपालिकाले नयाँ अभियानको सुरुआत गरेको छ,’ उनले भने, ‘ठूला भौतिक विकासका भन्दा यस्तो सामाजिक अभियानको महत्त्व पनि कम छैन ।’
देश विकासमा सामाजिक कुरीति र कुसंस्कार बाधक बनेको भन्दै उनले यसको अन्त्यसँगै विकासले पनि फड्को मार्ने भनाइ उनको छ । उनले छुट्टै अभियानको नेतृत्व गरेको रुकुमले अब ठूलो सामाजिक अभियान थालेकोमा खुसी व्यक्त गरे । जातीय छुवाछूत तथा जातीयसद्भावमुक्त घोषणा कार्यक्रममा मन्त्री रावलसहित कर्णाली प्रदेशसभाका ८ जना सदस्य पुगेका थिए । सामाजिक अभियानको सुरुआत थालेको रुकुम पश्चिमबाट गरिएकाले प्राथमिकताका साथ प्रदेशसभा सदस्यहरू बाँफिकोट पुगेको कर्णाली प्रदेशसभा सदस्य गोपाल शर्माले बताए । उनले अरू कामकाज थाँती राखेर भए पनि परम्परादेखि जकडिएको कुरीति अन्त्य गर्ने कार्यमा सहभागी भएको बताए ।

प्रतिक्रिया