चामुण्डाले ल्यायो ३२ करोड बजेट (पूर्णपाठ सहित)

चामुण्डाले ल्यायो ३२ करोड बजेट (पूर्णपाठ सहित)

शैक्षिक र पुर्वधारलाई जोड

मदन विक ।
चामुण्डा –दैलेख) ।
चामुण्डाविन्द्रासैनी नगरपालिकाले कृषि आत्मनिर्भर बनाई आगामी दिनमा सम्बृद्धि नगरपालिका नीति अघि सारिएको छ । आईतबार नगर प्रमुख सुर्यबहादुर शाहीको अध्यक्षतामा भएको तेश्रो नगरसभामा नगर उप–प्रमुख ताराकुमारी शाहीले आगामी आर्थिक वर्ष २०७५/०७६ पेश गरिएको नीति तथा कार्यक्रममा यस्तो नीति अघि सारिएको हो ।
कृषिमा आत्मनिर्भर बनाउन “एक समुह एक उत्पादन,एक गाउँ एक पहिचान” को नारा लिई सहकारी खेति मार्फत कृर्षि व्यवसायलाई व्यावसायिक योजनाको माध्यामबाट कृषि वस्तु उत्पादनमा विषेश जोड दिईने बताईएको छ । यसैगरी “आम्दानीका लागी विरुवा र पानी,कृषि वस्तु उत्पादनमा नगरपालिकाको लगानी” भन्ने मुल नाराका साथ कृषि क्षत्रलाई उत्पादनमा व्यापकता गर्ने कार्यक्रम संचालन गर्ने “आवश्यक वस्तु आयात र कृषि वस्तु निर्यात भन्ने मुल भावका साथ कृषि उत्पादन वस्तुलाई अभियानका रुपमा संचालन गरिनेछ । घरेलु तथा साना उद्योग स्थापना,संचालन र सम्वद्र्धन कार्यक्रममा प्रोत्साहन गर्न साझेदारी कार्यक्रम संचालन गरिने नगर उप–प्रमुख शाहीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यसैगरी वातावरण र जैविक मैत्री कार्यक्रम संचालनका लागी फलफुलका विरुवा वृक्षारोपण गर्ने बताईएको छ । नगरपालिका भित्र भएका सडक वाटाहरुलाई जैविक मैत्री,वातावरण मैत्री र आयमुलक सडकका रुपमा विकास गर्न सडकको दाया वाया फलफुलका विरुवा वृक्षारोपण गरी आम्दानीको स्रोतलाई थप बृद्धि गर्ने बताईको छ ।
उत्पादनमा वृद्धि गर्नका लागि “घर फर्क कृषि अभियान” कार्यक्रम संचालन गरिनेछ । सो कार्यक्रमका लागि कृषि, भेटनरी शिक्षा अध्ययन गरि वसेका वेरोजगार युवाहरुलाई परिचालन गर्ने नीति तयार गरिनेछ । साथै एक घर,एक अगुवा कृषक उत्पादनमा जोड दिने नीति अघि सारिएको छ । नीजि स्वामित्वमा रहेको वाझो जग्गालाई पुर्ण उपयोग गर्ने, . रैथाने जातका विरुवाहरुलाई संरक्षण, गरपालिकाको वार्ड नं.६ को लैनचौरमा प्रदेशकै नमूना कृषि नर्सरी को स्थापना गर्ने तथा शित भण्डारको समेत निर्माण गर्ने, नगरपालिकाको लगानीमा स्थापित वोईलर दाना उद्योगलाई आगमी आर्थिक वर्षहरुमा गुणस्तरमा विकास गर्ने तथा यसको क्षमतामा वृद्धि गरी बजारमा प्रतिस्पर्धा गर्न सक्ने उद्योगको रुपमा विकास गराउने कार्य अघि बढाईने बताईको छ । विभिन्न स्थानमा विभिन्न प्रजातिका नर्सरीहरु स्थापना गर्ने, आलु,धान,मकै,आँप,अनार,ओखर र सुन्तला जातका विरुवाको पकेट क्षत्र तोकेर प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना कार्यक्रम संचालन गर्ने, व्यावसायिक खेतिका लागि कृषक समुह तथा सहकारी क्षत्रमा साना सिंचाई योजना कार्यक्रममा विशेष जोड दिने र रैथाने जातका पशुपंक्षी,कृषि तथा तरकारी विरुवालाई संरक्षण गर्ने कार्यक्रम संचालन गरिनेछ ।
नीति तथा कार्यक्रममा शिक्षालाई गुणस्तरीय बनाउन जोड दिएको नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

यसैगरी आगामी आर्थिक वर्षका लागि उप–प्रमुख ताराकुमारी शाही खत्रीले ३२ करोड ९० लाख ४३ हजार बजेट पेश गरेकी छिन । भौतिक पुर्वाधार र लक्षित वर्गलाई मध्यनजर गर्दै बजेट पेश गरिएको छ । यही १४ गते नगर सभा बस्ने गरी स्थगित गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

नीति तथा कार्यक्रमको पूर्ण पाठ ।

प्रस्तुत गरिएका नीति तथा कार्यक्रम

 

प्रतिक्रिया