वीरेन्द्रनगरमा खुलेआम यौन धन्दा

वीरेन्द्रनगरमा खुलेआम यौन धन्दा

सुर्खेत– नेपालगंजका बब्लु नाम बताउने व्यापारी चार वर्ष अघि देखि श्रीमति भनेर एक महिलासंग धेरै पटक सुर्खेतका होटलमा रात बिताएका छन् ।करिब ४५ वर्षका बब्लु सोमबार पनि ती महिलासंग जुम्लारोडमा रहेको अशोका होटलको ३ सय दश नम्मरको कोठामा बसे । वीरेन्द्रनगरको विभिन्न हार्डवयरमा सामान ‘सप्लाई’ गर्ने उनी प्राय अशोकामा बस्ने गरेको बताउँदै आएका छन् ।जिल्ला प्रहरी कार्यालय सुर्खेतको विशेष टोलिले सोमबार राति ११ बजे गरेको केरकारमा उनको जोडी समातियो । होटलमा श्रीमति भनिएकी ती महिला प्रहरीको सोधपुछमा कान्छि श्रीमति बनिन् । प्रहरीले ससुराको नाम सोध्दा बताउन नसकेपछी जोडीमाथी थप शंका गर्यो ।सामान खानतलासमा परिवार नियोजनको अस्थायी साधन ढाल भेट्टीयो । त्यसपछी प्रहरीले जेठी श्रीमतिसंग फोनमा सोध्यो ‘तपाइको सौता छ रु’ उताबाट छैन भन्ने जवाफ आएपछी जोडीलाई कोठा बाहिर निकाल्न खोज्यो ।

प्रहरीलाई केही नगद दिएर घटना मिलाउने प्रस्ताव गरेपछि प्रहरी इन्स्पेक्टर शंकर श्रेष्ठले बब्लुलाई तीन थप्पड लगाए । ‘एक डेढ लाख रुपैंया छ । यहि दिएर भएपनि कुरा मिलाउनु पर्यो’ भन्दै बजारका केही व्यापारीलाई फोन गरेपछि उनीहरु आएर प्रहरीलाई मनाउन खोजेको स्रोतले बतायो ।होटलको रिसेप्सन र कार्यक्रम हलमा विश्वकप हेरीरहेका मध्ये केही यो घटनाका साक्षि भए । उक्त होटलमा काम गर्ने महिला कामदारलाई पनि प्रहरीले यौन व्यसायीको नजरले धेरै समय केरकार गर्यो । एक कामदारले भने ‘केरकारको नाममा प्रहरीले बहिनीलाई यातना दियो ।’

यसरी गरिएको केरकारमा गय राति २ जना होटल संचालक र यौनकर्ममा संलग्न अन्य गरी १३ जनालाई पक्राउ परे । जुम्ला सडक खण्डका अशोका, कर्णाली, श्रीस्थान होटलबाट एक एक जोडी पक्राउ परे । यसैगरी नौलो होटलबाट ३ जना र नाम नराखि यौन धन्दा चलाइरहेको एक स्थानबाट २ जना महिला यौनकर्मी पक्राउ परेका थिए ।पक्राउ परेका सबैलाई सम्झाएर एक पटकलाई माफि दिइ तारिख खेप्नुपर्ने गरी घर पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अबका दिनमा गैर कानूनी रुपमा यौन धन्दामा संलग्न भएको पाइए मुद्दा चलाइने इन्स्पेक्टर श्रेष्ठले चेतावनी दिए ।

श्रेष्ठका अनुसार सुर्खेतको सामाजिक विकृति मध्येको मुख्य समस्यामा रहेको यौन व्यवसायलाई निर्मुल पार्न प्रहरीको अभियान रहेको जिकिर गरे । प्रहरीको अनुसन्धानबाट र अन्य नागरिकको सुचना अनुसार प्रहरीले विभिन्न समयमा सुर्खेतका होटलहरुमा ‘छापा’ हानिरहेको हुन्छ ।प्रहरीको मात्र एकल प्रयासले यो विकृति नहट्ने भएकोले सरोकारवाला, आम नागरिक र विशेषगरी होटल व्यवसायीहरु नै यौन धन्दा रोक्न लाग्नु पर्ने प्रहरीको भनाई छ । serophero

प्रतिक्रिया