लागुआैषध दुर्व्यसनमा युवा

लागुआैषध दुर्व्यसनमा युवा

लागूऔषध ओसारपसारविरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा दैलेख सरदमुकाममा निकालिएको प्रभातफेरी । तस्बिर–ज्वालासंदेश

दैलेख–दैलेखमा स्कुले उमेरका युवाहरुलाई लागुऔषधको दुव्र्यसनबाट जोगाउन चुनौतीपूर्ण बन्दै गएको भन्दै एक कार्यक्रमका सहभागिले चिन्ता व्यक्त गरेका छन् । लागूऔषध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तरगत दैलेख सरदमुकाममा आयोजित लागु औषध तथा घरेलु हिंसा विरुद्ध जनचेतनामुलक कार्यक्रमका सहभागिले यस्तो चिन्ता व्यक्त गरेका हुन् । जिल्ला सदरमुकाम देखि ग्रामिण क्षेत्रका युवाहरु लागूऔषधको दुव्र्यसनमा फसेका सरोकारवाला निकायहरुको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय दैलेख र सामुदायिक सेवा केन्द्र दैलेखका आयोजनामा गरिएको कार्यक्रममा पारिवारिक विचलन र साथीभाईको लहलहैमा लागेर लागुऔषधको दुव्र्यसनमा फसेपछि उनीहरुलाई पुनस्र्थापना गर्न कठिनाइ भएको सरोकारवाला निकायहरुले बताएका छन् । लागु औषधको लतमा लागेका युवाहरुलाई प्रहरीको सक्रियतामा परामर्श गरेको भएपनि उनिहरुलाई दुव्र्यसनबाट मुक्त गर्न सकिएको छैन् ।
युवा संगै बालबालिका समेत लागूऔषधको कुलतमा फसेको लागुऔषध विरुद्ध काम गरिरहेका संस्थाहरुको दावी गर्दै आएका छन् । दौंतरीको दवाव र रमाइलोको लागि युवा देखि बालबालिकासमेत लागूऔषधको सेवन गर्दै आएका छन् । युवाहरुले ब्राउनसुगर, हिरोइन र गाँजालगायत कडा लागूऔषधका प्रयोग गर्ने गरेका छन्, दैलेखका प्रहरी प्रमुख डीएसपी सरोज पौडेलले भने “स्थानीय सरकारले लागू औषध विरुद्धका गतिविधिमा सहयोग गर्नुपर्छ । जिल्ला प्रहरी कार्यालय दैलेख लगाएत मातहतका प्रहरी चौकीहरुले लागु औषध दुव्र्यसनि विरुद्धको अभियानहरु संचालन गरेका बताउदै प्रहरी प्रमुख पौडेलले भने “जिल्लामा लागु औषध ओसारपसार गर्ने भन्दा प्रयोगकर्ताको संख्या बढी छ ।”
लागु औषध दुव्र्यसनीबारे जानकारी दिदै प्रहरी प्रमुख पौडेलले जिल्लामा लागु औषध प्रयोगकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएको भन्दै यस्तो अवस्थामा चुप लागेर बस्न नहुने धारणा राखे । उनले लागु औषध दुव्र्यसनि रोक्न सबैको सहयोग आवश्यक रहेको बताए ।
सोहि अबसरमा गरिएको उपभोक्ता हक सम्बन्धि सचेतनामुलक अन्तरक्रिया कार्यक्रमका बोल्दै दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जिल्ला प्रशासन कार्यालय दैलेखले विभिन्न समयमा सदरमुकाम संगै स्थानीय तहहरुमा रहेका बजारहरुको अनुगमन गरि अखाद्य बस्तु नष्ट गर्ने गरेको   बताए । बजारमा पाइने म्याद नाघेका खाद्यबस्तुहरुले नागरिकहरुको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने भन्दै प्रमुख जिल्ला अधिकारी न्यौपानेले अखाद्य खाद्य बस्तु बिक्री वितरण रोक्न स्थानीय तहहरुले पनि पहल थाल्नु पर्ने औल्याए । ग्रामिण क्षेत्रका बासिन्दाहरुलाई यसबारे चेतनामुलक कार्यक्रमहरु लैजानुपर्ने प्रजिअ न्यौपानेको भनाई थियो ।
सोहि अबसरमा बोल्दै नारायण नगरपालिका दैलेखका प्रमुख रत्न बहादुर खड्काले लागु औषध विरुद्ध आफुहरुले सचेतनामुलक कार्यक्रम संचालन गर्ने बताएका छन् । लागु औषध दुव्र्यसनिका विरुद्ध काम गरिरहेका सरकारी तथा गैरसरकारी निकायहरुसंग समन्वय गरि योजनाबद्ध रुपमा चेतनामुलक कार्यक्रम अगाडी बढाउने नगरप्रमुख खड्काको भनाई थियो । सोहि कार्यक्रममा सहभागिले बजारमा म्याद नाघेका अखाद्य बस्तु विक्री वितरण भएपनि अखाद्य बस्तु बिक्री वितरण गर्ने व्यापारिहरुलाई कार्बाहीको दायरामा ल्याउन नसकिएको गुनासो गरेका थिए ।

प्रतिक्रिया