बुङचीटोलमा वायो–इन्जिनियरीङ

बुङचीटोलमा वायो–इन्जिनियरीङ

दैलेख असार २७ ।
२०६२ सालमा आएको पहिरोले जिल्लाको भगवतिमाई गाउँपालिका ४ बुङचीटोल मा महशुस मात्र गरायो । त्यसको छ बर्ष पछि २०६८ सालमा गएको पहिरोले करिव २० हेक्टर जमिन र १२ घर बगायो । उक्त बस्तीमा अहिले पनि ८ घर पहिरोको जोखिममा छन् । २०६८ को पहिरोले पारेको असर न्यूनिकरण गर्न सरकारले केहि सहयोग पनि ग¥यो ।
गैह्सरकारी निकायले कोषको पनी स्थापना गरेका थिए । सामाजीक परिचालनमा यूएसए आइडीको आर्थीक सहयोगमा सेवक दैलेखवाट संचालित पहल कार्यक्रमले गत बर्ष सोहि बस्तीमा वृक्षारोपण गरेको थियो भने यस बर्ष पहिरोको जोखिममा रहेका ठाउँमा बहुउदेश्यीय जातका विरुवा वृक्षारोपण गरिएको छ ।
पहल कार्यक्रमले कृषि, बजार, पानी, विपद्, वन, स्वाथ्य सरसफाई, वित्त र शुसासनका क्षेत्रमा काम गर्दछ । जस अन्र्तरगत विपद् र वन क्षेत्रको लगानीवाट स्थानीय वासिन्दाको सक्रियता, अवलोकन र मागका आधारमा वायो(इन्जिनियरिङको योजना तयार गरिएको थियो । पहल कायक्रमका वार्षिक कार्यक्रम मार्फत स्थलगत अनुगमन र प्रचलीत संरक्षण विधि अनुरुप कार्यक्रमको आर्थिक तथा प्रविधिक सहयोगमा वायो-इन्जिनियरीङ प्रविधिमा वृक्षारोपण कायक्रमको थालनी भएको हो ।
पहल कायक्रमबाट वायो-इन्जिनियरीङ सम्बन्धि स्थानिय जनताका लागी अन्तरक्रिया कार्यक्रमका साथसाथै पहिरो जोखिम क्षेत्रलाई कार्य सहजताका लागी ४ भागमा बिभाजन गरी वृक्षारोपण गरिएको छ ।

उक्त क्षेत्रमा वृक्षारोपणका लागी स्थानिय क्षेत्र तथा नजिकको नर्सरीबाट ७ हजार ७ सय ५० विरुवा (नेपियर २ हजार, अम्रीसो २५ सय, बकाईनो १२ सय, इपिलइपिल १२ सय, निगालो ४सय, बाँस पचास र बाबियो घाँस ४सय) पहल कार्यक्रमले खरीद गरि स्थानिय जनतालाई उपलब्ध गराई वृक्षारोपणका लागी समेत रकम सहयोग गरेको छ ।
हाल उक्त वायो-इन्जिनियरीङ कार्यक्रम अन्तर्गतको वृक्षारोपण कार्य तीब्र गतिमा संचालन भईरहेको छ । वायो-इन्जिनियरीङले पानीको वहाव कम गर्ने र त्यसको असर कम गर्ने, माटो कसिलो बनाउने र जमिनको गुणस्तर पुर्नस्थापन गर्ने ,जमिनको सतहमा भएका गिट्टि, ढुगां क्षयीकरण हुन वाट रोक्न सहयोग पु¥याउँछ । वायो-इन्जिनियरीङमा माथी वाट तलतिर रोप्दै जाने, घाँस जाती १ सय एम.एम. र अम्रिसो ५ सय एम. एम. दुरीमा रोप्ने विधी वाट गरिन्छ ।

प्रतिक्रिया