अछाममा २० हजार ८ सय घरपरिवार गरीबको सूचीमा

अछाममा २० हजार ८ सय घरपरिवार गरीबको सूचीमा

अछाम ९ साउन,

जिल्लाका १० स्थानीय तहमा २० हजार ८४४ घरपरिवार गरीब रहेको पाइएको छ ।गरीब घरपरिवार पहिचान तथा परिचय वितरण बोर्डले संकलन गरेको तथ्यांक अनुसार अतिगरीबमा १० हजार ७१ मध्यम गरीबमा ६ हजार ४६४ र सामान्य गरीबमा चारहजार ३०९ घरपरिवार रहेको छ ।दशवटा स्थानीय तहमा सबैभन्दा बढी ढकारी गाउँपालिकामा दुईहजार दुईसय ५७ परिवारमा ११ सय २७ अतिगरीब, ६५२ मध्यम र ४४३ सामान्य गरीब रहेका छन् ।

पञ्चदेवल विनायक नगरपालिका दुई हजार ६७२ गरीब मध्येमा १३ सय तीन परिवार अति गरीब, ९०५ मध्यम र ४६४ सामान्य गरीब परिवार रहेको तथ्यांक रहेको गरीब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण अछामका सूचना प्रविधि अधिकृत भीमबहादुर चलाउनेले जानकारी दिए ।

बान्नीगढी(जयगढ गाउँपालिकामा ५५६ अति गरीब, ४४५ मध्यम र २४२ घरपरिवार सामान्य गरीब रहेका छन् ।रामारोशन गाउँपालिकामा ५७५ अति गरीब, ५४० मध्यम र ५६८ सामान्य गरीब घरपरिवार छन् भने तुर्माखाँद गाउँपालिकामा १२ सय ३९ अति गरीब ६६१ मध्यम र ३७२ घरपरिवार समान्य गरीबको सूचीमा रहेका छन् ।

मंगलसेन नगरपालिकामा ११ सय २७ अति गरीब, ६५२ मध्यम र ४४३ सामान्य, कमलबजार नगरपालिकमा ११ सय ८० अति गरीब, ५९८ मध्यम र ४२३ सामान्य गरीब परिवार रहेको छ ।

यस्तै साँफेबगर नगरपालिकामा ११ सय ७५ अति गरीब, ७६१ मध्यम र ४४६ सामान्य गरीबी रहेको पाइएको छ । चौरपाटी गाउँपालिकामा ११ सय एक अति गरीब, ६४७ मध्यम र ४६४ सामान्य, मेल्लेख गाउँपालिकामा ५४२ अति गरीब, ६०३ मध्यम र ५४५ सामान्य गरीबी परिवार रहेको तथ्यांक छ ।

जिल्लामा २३ हजार ७७२ जना गैरगरिब रहेको समेत उक्त बोर्डले पठाएको विवरणमा उल्लेख छ ।घरपरिवारको विवरणसहित साउनअघि नै रातो पहेँलो र निलो परिचयपत्र वितरणका लागि जिल्लाका १० वटै स्थानीय तहमा हस्तान्तरण भइसकेको अधिकृत चलाउनेले जानकारी दिए ।

मेल्लेख गाउँपालिका बाहेक अन्य नगर तथा गाउँपालिकाले उक्त परिचयपत्र वितरण शुरु गरेका छैनन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक० को वर्ष पुस्तक सन् २०१८ मा एक अछाममा लाख २० हजार ९३१ जनसंख्या गरिबीको रेखामुनी रहेको छ ।

गरिबीका कारण नागरिकहरुले चेतना नहुँदा स्वास्थ्य, सामाजिक, आर्थिक, राजनीतिक लगायतका क्षेत्रमा गम्भीर असर परेर पछारिने गरेको बताइन्छ ।

मेल्लेख गाउँपालिका बाहेक अन्य नगर तथा गाउँपालिकाले उक्त परिचयपत्र वितरण शुरु गरेको छैन । जिल्लामा तथ्यांकहरुलाई बिभिन्न १८ वटा सूचकहरुमा मापन गरेर तीन तहको गरिबीमा राखिएको बताइएको छ ।आर्थिक वर्ष ०६८र६९ मा घरघरमै गएर उक्त विवरण संलग्न गरिएको थियो ।

प्रतिक्रिया