दैलेखमा टाकटुके जात्रा मनाइयो

दैलेखमा टाकटुके जात्रा मनाइयो

क्याप्सन – एक महिने लामो बर्षे मेला अन्र्तरत निकालिएको टाकटुके जात्रा ।

दैलेख १० भदौ
दैलेखमा एक महिने वर्षेमेलाको रौनक बढ्दै गएको छ । एक महिना लामो सम्म मनाइने बर्षे मेला अन्र्तगत आइतवार दैलेख सदरमुकाममा टाकटुके जात्रा निकालिएको छ । विशेषगरि नेवारी समुदायले निकाल्ने टाकटुके जात्रा अहिले दैलेखका विभिन्न समुदायले पनि मनाउदै आएका छन् । नेवार समुदाय बाहेक अन्य समुदायले पनि यो पर्व मनाउने भएपछि यो जात्रा दैलेखको साझा पर्व जस्तै बनेको छ । जात्रामा बाजाका साथ अग्लो लिंगोमा मान्छेको आकृती बनाई सारी बेरेर लठ्ठी हान्दै यो मेला मनाउने गरिन्छ ।
नेपाली पोषाकमा सजिएका यूवाहरुले यसको नेतृत्व गर्ने गर्दछन् । त्यसका साथ साथै बालबालिकाहरुले पनि यसलाई साथ दिदै जात्रामा थप उर्जा दिने गर्दछन् । विगतमा सदरमुकाममा मात्र मनाईने यो जात्रा अहिले जिल्लाका अन्य भेगहरु लाँकुरीको देउली बजारm, डुंगेश्वर बजार, चुप्रा, दुल्लु, नौमुले लगाएतका ठाउँमा समेत मनाउने गरिन्छ । आइतवार दैलेख सदरमुकाममा निकालिएको मेला हेर्न सदरमुकाम आसपासका क्षेत्रका सर्बसाधारणको आएका थिए ।
दैलखेमा रहेका भगवती क्लब, न्यू ज्वाला क्लब, एभरेष्ट क्लव र शुनगाभा युवा क्यबले हरेक बर्ष जात्रा निकाल्ने गर्दछन् । परम्परालाई लोप हुन नदिन जात्रालाई थप आकर्षक बनाउदै लगिएको छ । नेवार समुदायको मेला भए पनि दैलेखमा भने सबैको साझाँ मेलाका रुपमा पहिचान बनाएको छ ।
गाँठेमंगल अर्थात घण्टाकर्णको पुजाका दिन देखि शुरु हुने यो मेला अन्र्तगत टाकटुके, गाईजात्रा, रोपाई जात्रा, बाग जात्रा र कृष्ण जन्माष्टमीको दिन कृष्णको जन्म गराई त्यसको भोलीपल्ट कंश अर्थात लाखे मारे पछि यो जात्रा सकिन्छ । टाकटुके जात्रा रक्षा बन्धनका दिन निकालिन्छ । साथै सोहि दिन विभिन्न प्रजातिका टुसाएका अन्नको क्वाटी खाने चलन पनि रहि आएको छ ।

प्रतिक्रिया