कुरिति र कु–संस्कार अन्त्य नगरेसम्म समाजको विकास असम्भव – प्रमुख थापा

कुरिति र कु–संस्कार अन्त्य नगरेसम्म समाजको विकास असम्भव – प्रमुख थापा

दैलेख भदौ ११ ।
जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाले समाजमा रहेका कुरिति र कु–संस्कार अन्य नगरे सम्म समाज विकासको सपना देख्नु असान्दिर्भीक भएको बताउनु भएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको २१ औँ बार्षिक उत्सब तथा साधारण सभा र ८ औ अधिवेशनको उद्घाटन गर्नु हुँदै जिसस प्रमुख थापाले पूर्वाधार र सामाजिक विकास मध्ये सोसेक नेपालले सामाजिक विकास गरि जिल्लामै उत्कृष्ठ काम गरेकामा संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो ।
संस्थाले जिल्लामा रहेका कुरिति र कु–संस्कार न्यूनिकरण गर्ने अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जिल्लामा हुने बाल विवाह न्यूनिकरणमा निरन्तर पहल गर्न आग्रह गर्नुभयो । संस्थाले नेपालका होटल तथा व्यवसायमा बालश्रम बसेका बालबालिका मात्र नभई भारतक ाविभिन्न क्षेत्रमा बेचिएका महिला तथा बाल बालिकाहरुलाई उद्धार गरि अभिभावकको जिम्मा लगाएको छ, प्रमुख थापाले भन्नु भयो ‘संस्थाले गरेका सामाजिक जागरणका काममा जिल्ला समन्वय समितिको साथ र सहयोग रहनेछ । ’
जिल्लामा आउने गैरसरकारी संस्थाका लगानीहरुलाई एकद्धार प्रणालीबाट कार्यक्रम संचालन गरिने उहाँको भनाई थियो । जिसस प्रमुख थापाले जिल्लामा सामाजिक संघ संस्थाहरुले ग्रामिण भेगका नागरिकहरुको चेतना अभिबृद्धिका कार्यक्रमहरु संचालन गर्नुपर्ने धारणा राख्नु भयो ।
कार्यक्रम उद्घाटन समारोहमा भगवतीमाई गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले जिल्लामा रहेका गैरसरकारी संघ संस्थाहरुले स्थानीय तहहरुसंग समन्वय र सहकार्य गरे मात्रै समाजको विकास संगै समृद्ध जिल्ला निर्माण गर्न सकिने धारणा राखनु भयो । उहाँले समाजमा रहेका कुरिति र कु–संस्कार अन्य गर्नका लागि सामाजिक संघ संस्था, नागरिक समाज, पत्रकारहरु एकमत भएर अभियान चलाउनुपर्ने बताउनुभयो ।
यस्तै नेपाली कांग्रेस दैलेखका कोषाध्यक्ष पूर्ण बहादुर खत्रीले सोसेकले सामाजिक कुसंस्कार परिवर्तनका लागि उल्लेखनिय कार्य गरेका बताउनुभयो । जंगलमा फिरन्ते जिवन बिताउने राउटे समुदायको शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रमा कार्यक्रम संचालन गरि महत्वपूर्ण कार्य गरेको उहाँको भनाई थियो । संस्थाले बालबालिका र महिला अधिकारका क्षेत्रमा गरेको कार्यलाई सम्मान योग्य रहेको उहाँको धारणा छ ।
नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष चक्र केसीले संस्थाले विगत देखि सामाजिक कुरिती हटाउने पहलमा अग्रणी भूमीका खेलेको बताउनु भएको छ । दैलेख लगायत अछाम र कालिकोटमा पनि कार्यक्रम संचालन गरि जिल्लामा रहेका सामाजिक संघ संस्थाहरु मध्ये उत्कृष्ठ काम गरेको भन्दै संस्थालाई धन्यवाद व्यक्त गरे । यहि भाद्र १ बाट लागु भएको कानुनलाई समुदाय स्तरमा प्रचार प्रसार गर्नका लागि संस्थाले काम गर्न आग्रह गर्दै अध्यक्ष केसीले कार्यक्रम संचालन गर्दा पत्रकारहरुसंग समन्वय गर्न संस्थालाई आग्रह गर्नुभयो । सामाजिक विकासका लागि संचार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउदै जिल्लामा रहेका स्थानीय देखि केन्द्र स्तरका संचार गृहसंग समन्वय गरि कार्यक्रम संचालन गर्न अध्यक्ष केसीले आग्रह गर्नुभएको छ ।

कार्यक्रममा हिमालय बाल क्लबका अध्यक्ष लक्ष्मी बिकले संस्थाको सहयोगमा क्लबले जनचेतनामूलक कार्य गरेको जानकारी दिनुभयो । उहाँले सरसफाई, बाल विवाह न्यूनिकरण संगै खेलकुद प्रतियोगिता जस्ता क्रियाकलाप गरेको बताउनुभयो । सोसेकका सल्लाकार समिति सदस्य माधव तिमील्सेना संस्थाले गरेका कार्यक्रमहरु सराहनिय भएको बताउनु भएको छ । आगामी दिनमा पनि संस्थाले समाज रुपान्तरणका कार्यक्रमहरु संचालन गर्न आग्रह गर्नुभयो ।
संस्थाका अध्यक्ष मञ्जु कुमारी खड्काले आफ्नो ३ बर्षको कार्यकाल सफलता पुर्वक सम्पन्न गर्न सहयोग पु¥याउनु हुने कार्यसमितिका पदाधिकारी र कर्मचारीलाई धन्यबाद दिनुभयो । उहाँले संस्था मार्फत जिल्लाका ग्रामिण क्षेत्रहरुमा रहेका कुरिति र कु–संस्कारलाई हटाउनका लागि गरिरहेको पहलमा सहयोग गर्नुहुने सबै निकायहरुलाई धन्यवाद दिनुभयो ।
संस्थाको कार्य विवरण प्रस्तुती गर्दै संस्थाका कार्य समिति सचिव कल्पना थापाले संस्थाले दैलेख लगायत अछाम र कालिकोट जिल्लामा पनि महिला बाल बालिका तथा विपन्न समुदायका अधिकारमुखि शिक्षा, स्वास्थ्य, संरक्षण, जिविकोपार्जन, विपद् व्यवस्थापन लगाएतका क्षेत्रमा कार्यक्रम संचालन गरेको बताउनुभयो ।

संस्थाका सहायक निर्देशक दुर्गा गिरीले संचालन गर्नुभएको उद्घाटन कार्यक्रममा संस्थाका कार्य समिति उपाध्यक्ष बीर बहादुर नेपालीले स्वागत मन्तव्य राख्नु भएको थियो ।  कृषि, बन पैदावर, खाद्य सुरक्षा र जातीय विभेद विरुद्ध सामाजिक अभियान सुरु गरेको सामाजिक सेवा केन्द्र (सोसेकं) नेपालले गरिवी निवारण, सुशासन अभिवृद्धि, भौतिक निर्माण, समुदायको आर्थिक उपार्जनका क्रियाकलापदेखि महिला अधिकार, बाल अधिकार लगायत विविध क्षेत्रमा काम गर्दै आएको छ ।

प्रतिक्रिया