यस बर्षको बाटु थापा स्मृति पत्रकारिता पुरस्कार सम्पादक सुनारलाई

यस बर्षको बाटु थापा स्मृति पत्रकारिता पुरस्कार सम्पादक सुनारलाई

दैलेख भदौ ११
एपिवान एचडि टेलिभिजनका जिल्ला संवाददाता एंव बेलासपुर राष्ट्रिय साप्ताहिक पत्रिकाका सम्पादक/प्रकाशक विशाल सुनारलाई यसबर्षको वाटु थापा स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको २१ औँ बार्षिक उत्सब तथा साधारण सभा र ८ औ अधिवेशनका अबसरमा उक्त पुरस्कार प्रदान गरिएको हो ।

दैलेखमा खोजमूलक पत्रकारिता गरेको भन्दै सुनारलाई पुरस्कार प्रदान गरिएको हो । जिल्लामा महिला, दलित, पिछडिएका वर्ग, बालबालीकाका क्षेत्रमा सम्बन्धित रही खोजमूलक पत्रकारीता गरेको भन्दै उक्त पुरस्कार प्रदान गरिएको हो । सम्पादक सुनारलाई जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापा, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका अध्यक्ष हीरासिंह थापा र पूर्व अध्यक्ष सिता रानाले पुरस्कृत गरेका थिए ।

पुरस्कार वितरण पश्चात संक्षिप्त कुरा गर्दै अध्यक्ष हिरासिंह थापाले खोजमूलक क्षेत्रमा क्रियाशिल पत्रकारहरुलाई सम्मान गर्न पाउनु आफ्नो लागि गौरवको कुरा भएको बताए । पुरस्कारको राशी १० हजार १ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया