मानव बेचविखन तथा ओसारपसार विरुद्धको १२ औं राष्ट्रिय दिवश सम्पन्न

मानव बेचविखन तथा ओसारपसार विरुद्धको १२ औं राष्ट्रिय दिवश सम्पन्न

भाद्र–२०, दैलेख, मानव बेचविखन तथा ओसारपसार विरुद्धको १२ औं राष्ट्रिय दिवश दैलेख वजारमा आज सम्पन्न भएकोछ । जिल्ला स्थीत सरकारी कार्यालय, गैरसरकारी संघ संस्था तथा सरोकारवालाहरुको सहभागितामा अन्तरक्रित्मक कार्यक्रम नारायण न.पा. को सभा हलमा सम्पन्न भयो ।
अन्तरक्रिया कार्यक्रममा मानव बेचविखन तथा ओसारपसार विरुद्धको राज्यको कानूनी ब्यवस्था र कार्यान्वयन प्रक्रिया बारेमा सहजीकरण सहायक जिल्ला न्यायधिवक्ता श्री कौशल प्रसाद ढुङ्गांना गर्नु भएको थियो । उहाँले यहि भाद्र १ देखि लागु भएको नयाँ मुलुकी अपराध संहिता ऐन २०७४ मा भएको कानूनी ब्यवस्था, कसुर तथा सजाय बारेमा सबै सहभागीलाई प्रष्ट पार्नु भयो ।
गोष्ठिमा सहभागि जनप्रतिनिधिहरुले “सत्य तथ्य सहित आएका बिशेष गरि सामाजिक कुरिती, महिला र बालबालिका अधिकार विरुद्धमा अपराधिक कसूरमा पिडितलाई न्याय प्रदान गर्न हामी आआफनो तर्पmबाट प्राथमिकताका साथ सहयोग गर्न प्रतिबद्धछौ” भनी सहमती जनाउनु भएको थियो
गोष्ठीको अध्यक्षता गर्नु भएका मानव बेचविखन तथा ओसारपसार जिल्ला समिती अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद बास्कोटाले कानूनको प्रभावकारी कार्यान्वन गर्न नागरिक समाजका अगुवाहरु, जनप्रतिनिधिहरु र आम नागरिक नयाँ कानून बारेमा जानकार र सचेत हुनु पर्ने बताउनु भयो र अझ मानव बेचविखन जस्तो जघन्य अपराधबाट संरक्षीत र सुरक्षीत हुन समुदायस्तरमा नै संचेतिकरणको आवश्यकता रहेको बताउनु भयो ।

उक्त गोष्ठि म ामानव बेचविखन तथा ओसारपसार विरुद्धको राज्यको कानूनी ब्यवस्था र कार्यान्वयन प्रक्रिया बारेमा सहजीकरण जिल्ला सहायक न्यायधिवक्ता श्री कौशल प्रसाद ढुङ्गांना गर्नु भएको थियो साथै उहाँले यहि भाद्र १ देखि लागु भएको नयाँ मुलुकी अपराध संहिता ऐन २०७४ मा भएको कानूनी ब्यवस्था, कसुर तथा सजाय बारेमा सबै सहभागीलाई प्रष्ट पार्नु भयो । गोष्ठिमा सहभागि जनप्रतिनिधिहरुले “सत्य तथ्य सहित आएका बिशेष गरि सामाजिक कुरिती, महिला र बालबालिका अधिकार विरुद्धमा अपराधिक कसूरमा पिडितलाई न्याय प्रदान गर्न हामी आआफनो तर्पmबाट प्राथमिकताका साथ सहयोग गर्न प्रतिबद्धछौ” भनी सहमती जनाउनु भएको थियो ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेख वाल हेल्पलाईन संयोजक रमा श्रेष्ठले संचालन गर्नु भएको कार्यक्रम मानव वेचविखन तथा ओसारपसार विरुद्धको जिल्ला समितिको आयोजना र नारायण नगरपालिका, जिल्ला समन्वय समिति दैलेख सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेख सहयोग गरेका थिए ।

प्रतिक्रिया