कृषि ज्ञान केन्द्रको स्थापना

कृषि ज्ञान केन्द्रको स्थापना

कर्णाली प्रदेशका भुमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले बजेट सदुपयोगको रणनीति नबन्दा गरिब प्रदेश भएको बताउनुभएको छ । दैलेख र सुर्खेत जिल्ला हेर्ने गरी दैलेखमा स्थापना भएको कृषि ज्ञान केन्द्रको स्थापना कार्यक्रममा उहाँले भन्नुभयो ‘बजेट प्रयाप्त छ, सदुपयोग हुन सकेन ।’
कृषिमा उच्चस्तरको उन्नत खेती प्रविधि र यसको व्यापक प्रचारप्रसार गर्ने लक्ष्य सहित स्थापना भएको कृषि ज्ञान केन्द्रको श्रोतलाई सदुपयोग गर्न र पाएको सेवासुविधालाई अधिकतम् उपभोग गर्न मन्त्री केसीले सरोकारवालालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा दैलेख १ को प्रदेशसभा सदस्य अम्मरबहादुर थापाले गुजारामुखी कृषि प्रणालीलाई अव व्यवसायिकतामा रुपान्तरण गर्न कृषि ज्ञान केन्द्रले सघाउने विश्वास व्यक्त गर्नुभयो । रुकुमका साँसद रातो कामीले जिल्लाको भुबनौटले कृषिमा राम्रो सम्भावना रहेको बताउनुभयो ।
साँसद मीनासिंह रखाल, जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापा र कृषि ज्ञान केन्द्रका प्रमुख शिवप्रसाद अर्यालले दैलेखको कृषि सम्भावना र केन्द्रबाट गरिएको अपेक्षा बारे बोल्नुभएको थियो ।
कृषि ज्ञान केन्द्रले बिज्ञ समूहका ६ जना अधिकृत सहितको प्राविधिक जनशक्तिले कृषि अनुसन्धान प्रणाली र उत्पादकत्व बृद्धिमा काम गर्ने बताइएको छ ।

प्रतिक्रिया