कुखुरा पकेट क्षेत्र बनाइदै

कुखुरा पकेट क्षेत्र बनाइदै

नारायण नगरपालिकाका कार्यवाहक नगरप्रमुख तीर्थनारायण श्रेष्ठले नगरपालिकाले कुखुरा पालनलाई व्यवसायिक बनाउन पकेट क्षेत्र बनाउन लागिएको बताएका छन् । सतप्रतिशत सहकारी संस्था लिमिटेडको आयोजनामा सञ्चालित कुखुरा पालन सम्वन्धी २ दिने तालिमको आज उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
कार्यवाहक तीर्थनारायण श्रेष्ठले कुखुरा पालन व्यवसायलाई अझैं व्यवस्थित गर्न सहकारी संस्थाहरुको सहभागिता जुटाइने प्रतिवद्धता जनाएका थिए ।
त्यसबखत राष्ट्रिय सहकारी बैंकका शाखा प्रवन्धक सुरेन्द्र शाहीले सहकारी संस्थाको संस्थागत क्षमता विकास, सहकारीकर्मीहरुको आत्मसम्मान र बचतकर्ताको लगानी सुरक्षा तथा व्यवसायिकता बढाउन बंैक सहयोग गर्न तयार रहेको बताए ।
सतप्रतिशत सहकारी संस्थाका अध्यक्ष बखत नेपालीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा सचिव हर्कबहादुर नेपाली र कोषाध्यक्ष खगिसरा नेपालीले सहकारीले कृषि क्षेत्रमा गरिरहेका काम बारे प्रकाश पारेका थिए ।

प्रतिक्रिया