व्यवसायिक कृषिमा लगानी गर्छौ – उपप्रमुख मल्ल

व्यवसायिक कृषिमा लगानी गर्छौ – उपप्रमुख मल्ल

दैलेख भदौ २३ ।
नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्लले नगरपालिकाले कृषिलाई व्यवसायिक बनाउन लगानी प्राथमिकता राखेको बताउनुभएको छ । सतप्रतिशत सहकारी संस्था लिमिटेडको आयोजनामा सञ्चालित कुखुरा पालन सम्वन्धी २ दिने तालिमको समापन कार्यक्रममा बोल्नुहुँदै उपप्रमुख मल्ले यस्तो बताउनुभएको हो । उपप्रमुख मल्लले कुखुरा पालन व्यवसायलाई अझैं व्यवस्थित गर्न सहकारी संस्थाहरुको सहभागिता जुटाइने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा नारायण नगरपालिका वडा नं. २ का वडाध्यक्ष रेशमबहादुर थापाले आफू पहिले शिक्षक हुँदा र अहिले जनप्रतिनिधिको भूमिकामा हुँदा समेत कृषि कर्म प्राथमिकता दिइरहेको बताउनुभयो । वडा नं. ६ का वडाध्यक्ष प्रकाश न्यौपानेले विपन्न समुदायको आर्थिक स्तर उठाउन कृषिको विधिकरणमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

राष्ट्रिय सहकारी बैंकका शाखा प्रवन्धक सुरेन्द्र शाहीले सहकारी संस्थाको संस्थागत क्षमता विकास, सहकारीकर्मीहरुको आत्मसम्मान र बचतकर्ताको लगानी सुरक्षा तथा व्यवसायिकता बढाउन बंैक सहयोग गर्न तयार रहेको बताउनुभयो । सतप्रतिशत सहकारी संस्थाका अध्यक्ष बखत नेपालीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा तालिम प्रशिक्षक खगेन्द्र बिक, पत्रकार अमर सुनार, सहकारीका सचिव हर्कबहादुर नेपाली, सहभागीहरु सम्झना खत्री लगायतले सहकारीले कृषि क्षेत्रमा गरिरहेका काम र कुखुरा पालन व्यवसायको महत्व बारे चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया