गिट्टी कुट्ने मजदुर महिलालाई सहयोग

गिट्टी कुट्ने मजदुर महिलालाई सहयोग

दैलेख भदाै २५ ।
जिल्ला सदरमुकाममा गिट्टी कुटेर जिवन निर्वाह गर्ने मजदुर महिलाहरुलाई सहयोग प्रदान गरिएको छ । मजदुर महिलाहरुलाई आरवी कन्ट्रक्सन दैलेखले आर्थीक सहयोग उपलब्ध गराएको हो । हिन्दु नारीहरुको महान पर्व तिजको अवसर पारी मजदुर महिलाहरुलाई सहयोग उपलब्ध गराएको कन्ट्रक्सनका संचालक रविन्सन थापाले बताउनुभयो । उहाँका अनुसार मजदुर महिलाहरुलाई कपडा र नगद रकम प्रदान गरिएको छ ।
बर्ष भरि गिट्टी कुटेर जिवन निर्वाह गर्दै आएका मजदुर महिलाहरुको सम्मान स्वरुप कपडा र नगद सहयोग प्रदान गरेको संचालक थापाले बताउनुभयो । नारायण नगरपालिकाका विभिन्न वडाका ११ जना मजदुर महिलाहरुलाई सहयोग प्रदान गरिएको उहाँले बताउनुभयो ।

व्यवसाय संचालन र आयआर्जनमा मात्र ध्यान नदिई सामाजिक रुपमा दुःखी र गरिबिको रेखामुनि रहेका नागरिकहरुलाई सहयोग गर्नु हरेक नेपाली नागरिकहरुको दायित्व भएको भन्दै संचालक थापाले सोहि अनुरुप आफुले सहयोग गरेको बताउनुभयो ।मजदुरी गरि परिवार पाल्नुका साथै छोरा छोरीको सुनौलो भविष्य निर्माणका लागि दिन रात खटिएका महिलाहरुको सम्मान स्वरुप सहयोग गरेका हौ, संचालक थापाले भने । श्रमिक महिलाहरुलाई सम्मान गर्नुपर्छ भन्ने संदेश दिनका लागि महिला मजदुरहरुलाई सहयोग उपलब्ध गराएको थापाले बताउनुभयो ।
दैलेख जिल्लामा आरवी कन्ट्रक्सनले निर्माण व्यवसायको काम गर्दा निर्धारित समय अगावै काम सम्पन्न गरि सम्बन्धि निकायबाट सम्मान सहित पुरस्कार समेत पाइसकेको छ । कन्ट्रक्सनका संचालक नीजि क्षेत्र दैलेख उद्योग बाणिज्य संघ दैलेखको बाणिज्य उपाध्यक्ष समेत हुनुहुन्छ ।

प्रतिक्रिया