१७ जना एचआईभी संक्रमितलाई बाख्रा वितरण

१७ जना एचआईभी संक्रमितलाई बाख्रा वितरण

दैलेख २५ भदौ
यहाँको पश्चिममा पर्ने आठवीस नगरपालिकाका एचआईभी संक्रमितहरुलाई बाख्रा वितरण गरिएको छ । आठवीस नगरपालिका वडा नं. ३, ६ र ८ तथा डिसिएको सहयोग र सोसेक दैलेखद्धारा संचालित उत्थानशिल जिविकोपार्जनका लागि सामुदायिक अनुकुलन क्षमता अभिबृद्धि परियोजना (साकार) को साझेदारीमा एचआईभी एचआईभी संक्रमितहरुलाई आयआर्जन कार्यक्रम अन्तरर्गत बाख्रा वितरण गरेको हो ।
आठवीस नगरपालिकाको वडा नं. ८ को ८० हजार, वडा नं. ६ को २ लाख र परियोजनाको ५ लाख १० हजार गरि कुल ७ लाख ९० हजार बराबर मूल्य पर्ने बाख्रा वितरण गरिएको परियोजनाका कृषि प्राविधिक प्रेमा रोकायले बताउनुभएको छ ।
एचआईभी संक्रमित भएका आठवीस नगरपालिका वडा नं. ६ का ११ जना, वडा नं. ८ का ४ जना र वडा नं. ३ का २ जना गरि १७ जनालाई बाख्रा वितरण गरिएको हो ।
स्थानीय तह र गैरसरकारी संस्थाको साझेदारीमा १७ जनालाई प्रतिव्यक्ति ४ वटाका दरले ६८ वटा बाख्रा वितरण गरिएको कृषि प्राविधिक रोकायले बताउनुभयो । एचआईभी संक्रमितहरुको आयआर्जनमा सहयोग पुग्ने उदेश्यले प्रतिव्यक्ति ३४ हजार रुपैयाँ बराबरको बाख्रा वितरण गरिएको उहाँको भनाई छ ।
वितरण गरिएको बाख्राको बिमाको लागि २० हजार रुपैयाँ विनियोजन गरिएको मा आठवीस नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष एंव खरिद समितिका संयोजक मुक्तीप्रसाद उपाध्यायले बताउनुभयो ।
आठवीस नगरपालिकामा आयोजित बाख्रा वितरण कार्यक्रममा बोल्दै आठवीस नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले एचआईभी संक्रमितहरुको आर्थीक अवस्थामा सुधार गर्ने उदेश्य राखेर वितरण गरिएको बाख्रा व्यवसायीक रुपमा पाल्न आग्रह गरे । उक्त अवसरमा आठवीस नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मुक्तीप्रसाद उपाध्याय, वडा नं. १ का वडाअध्यक्ष पर्वसिंह विश्वकर्मा र वडा नं. ६ का वडाअध्यक्ष धिर बहादुर शाही सहभागि थिए ।

प्रतिक्रिया