बाल विवाह रोक्न सांस्कृतिक कार्यक्रम

बाल विवाह रोक्न सांस्कृतिक कार्यक्रम

गुरासँ २६ भदौ
यहाँको गुरासँ गाउँपालिका वडा नं. ३ मा बाल विवाह न्यूनिकरण सम्बन्धि सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अबसर पारि बाल विवाह न्यूनिकरण सम्बन्धि तीज गित प्रतियोगिता आयोजना गरिएको हो । तीज गित प्रतियोगितामा सहभागि समूहरुले गित मार्फत बाल विवाह रोक्न चेतनामुलक संदेश बोकेका गीतहरु प्रस्तुत गरेका थिए ।

बाल विवाह न्युनिकरण सम्बन्धि तिज विशेष सांस्कृतिक कार्यक्रममा गुरासँ गाउँपालिकाका वडा नं. १,२ र ३ का समुदाय स्तरका बालक्लबहरु सहभागि थिए ।

देउतिस्थानमा भएको कार्यक्रममा गुराँस गाउँपालिका वडा नं. ३ को फुलबारी बाल क्लबको आयोजना र सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेख र सेभ चिल्ड्रेनको आर्थिक सहयोगमा सम्पन्न भएको सामाजिक परिचालक कमला मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया