नारायण नगरमा स्तनपानकक्ष स्थापना

नारायण नगरमा स्तनपानकक्ष स्थापना

दैलेख २६ भदाै ।
जिल्लामा पहिलो पटक स्थानीय तहले सुत्केरी महिलालाई लक्षित गरि स्तनपान कक्ष स्थापना गरेको छ । यहाँको नारायण नगरपालिकाले सुत्केरी महिलालाई लक्षित गरि स्तनपान कक्षको स्थापना गरेको छ ।

सुत्केरी आमा र बच्चाको स्वास्थ्य प्रर्बद्धन कार्यक्रम अन्तरर्गत स्तनपान कक्षको स्थापना गरिएको हो । जिल्ला सदरमुकाममा रहेको नारायण नगरपालिकामा उक्त कक्षको स्थापना गरिएको छ । नारायण नगरपालिकालाई नमूना नगरको रुपमा विकास गर्ने अवधारणा अनुरुप उक्त कक्षको स्थापना गरिएको नारायण नगरपालिका दैलेखका उपप्रमुख सावित्री मल्ले बताउनुभयो ।
बच्चालाई जन्मेको ६ महिना सम्म अनिवार्य रुपमा आमाको दुध खुवाउनुपर्ने त्यसमाथी सुत्केरी प्रोत्साहन भत्ता लिन आउने सेवाग्राहीहरु बच्चा बोकेर आउने सुत्केरी महिलाहरुलाई सहज होस् भनेर कक्ष स्थापना गरेका हौ, उपप्रमुख मल्लले भन्नुभयो ।
कक्षमा एउटा सुतेर दुध खुवाउनका लागी खाट, बस्नका लागी कुर्सी राखिएको छ । कक्ष स्थापना संगै सबै महिलाहरुले बेहोर्दै आएको समस्या समाधान भएर जाने उपप्रमुख मल्लको ठम्याई छ । बच्चा लिएर काममा आउनुपर्ने, बच्चा रोएको बेलामा दुध खुवाउन नपाइने, असुरक्षित तरिकाले खुल्ला रुपमा दुध खुवाउनुपर्ने बाध्यता हटेर जानेछ, उपप्रमुख मल्लले भन्नुभयो । बच्चा र आमा दुबैको स्वास्थ्यलाई मध्यनजर गरेर स्तनपान कक्षको स्थापना गरेको नगरउपप्रमुख मल्लले बताउनुभयो । नारायण नगरपालिकाले करिब ६५ हजारको लागतमा कक्ष स्थापना गरेको हो ।

प्रतिक्रिया