निर्मला पन्तका बाबुआमाको चित्कार स् न्याय दिन सक्दैनौं भने मारिदेऊ सरकार

निर्मला पन्तका बाबुआमाको चित्कार स् न्याय दिन सक्दैनौं भने मारिदेऊ सरकार

काठमाडौं, २९ भदौ ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तका बाबुआमाले न्याय नपाई काठमाडौंबाट नफर्किने बताएका छन् ।

काठमाडौंमा भएको पत्रकार सम्मेलनमा घटनाको पृष्ठभुमी बताउँदै बाबु यज्ञराज पन्त भावुक हुँदै भने,‘सरकारले हत्यारालाई पक्राउ गर्न कुन ताकतले छेकेको छ रु न्याय दिन सक्तैनौं भने हामीलाई पनि गोली ठोकेर मारिदेऊ ।’

निर्मला हराएको दिनदेखि नै असहयोग भएको बताएका उनले रोशनी बम र बबिता बमको पक्षमा लागेर प्रहरीले हप्काएको पनि बताए । जबरजस्ती लास उठाउनका लागि दबाब दिएको प्रहरीले प्रमाण नस्ट गरेको बताएका उनले प्रधानमन्त्री केपी शर्मा ओलीले लासका विषयमा दिएको अभिव्यक्तिले चित्त फाटेको सुनाए ।

निर्मलाकी आमा दुर्गादेवी पन्तले न्यायका लागि काठमाडौं आएको बताउँदै सरकारले छोरीका हत्यारा पत्ता लगाई कारबाही गनुपर्ने बताइन् । उनले कुनै पनि मुल्यमा न्याय हुनुपर्छ भन्ने नै आफ्नो माग रहेको बताइन् ।

प्रतिक्रिया