रुकुमका बाढीपहिरो पीडितलाई कर्णाली सरकारको राहत

रुकुमका बाढीपहिरो पीडितलाई कर्णाली सरकारको राहत

रुकुम, -। कर्णाली प्रदेश सरकारले रुकुम पश्चिम आठबीसकोट नगरपालिकाका बाढीपहिरो पीडितलाई राहत वितरण गरेकोे छ ।बिहीबार नगरपालिकामा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले उनीहरुलाई राहत वितरण गर्नुभएको हो ।

विगत केहि दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोले नगरपालिकाका विभिन्न ठाउँमा करिब रु चार करोड मूल्य बराबरको धनमाल क्षति भएको थियो । बाढीपहिरोबाट पूर्ण रुपमा विस्थापित ३१ घर परिवारलाई राहत वितरण गरिएको छ । कर्णाली प्रदेश सरकारले प्रति घर परिवार २० हजारका दरले रु ६ लाख २० हजार राहत वितरण गरेको आठबीसकोट नगरपालिकाले जनाएको छ ।

सो अवसरमा मन्त्री विमला केसीले एकीकृत नमुना बस्ती विकासका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै विकास निर्माणका काम प्रभावकारी ढङगले नगर्दा र मापदण्ड नपु(याउदा नै विपत्ति आइलागेको बताउनुभयो । विकास निर्माण कार्यलाई प्रभावकारी बनाउन तथा एकीकृत बस्ती विकासका लागि आफूले सक्दो पहल गर्ने बताउँदै उहाँले बाढीपहिरोको जोखिममा रहेका बस्तीलाई उपयुक्त ठाउँको छनोट गरी स्थानान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैबीच मन्त्री केसीले बाढीपहिरोबाट सबैभन्दा बढी प्रभावित भएका आठबीसकोट नगरपालिका– ११ धुर्सेनीको बिहीबार स्थलगत अध्ययन, अनुगमन र निरीक्षण पनि गर्नुभएको छ । –रासस

प्रतिक्रिया