भगवतिमाईमा पनि मनाइयो बाल दिवस

भगवतिमाईमा पनि मनाइयो बाल दिवस

दैलेख –“सुखी नेपाली ममृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार” भन्ने मुल नाराका साथ ५९ औँ राष्ट्रिय बाल दिवस शुक्रबार दैलेखको भगवतिमाई गाउँपालीकाको वडा न ४मा पनी बाल दिवस मनाइएको छ ।
भगवतीमाई गाउँपालीका, हेल्पेटास नेपाल र भगवती माबी घुम्नेको आयोजनामा छाउपडी तथा बालविवाह न्यूनिकरण सम्बन्धि विद्यार्थी तथा अभिवावकको भुिमका बिषयक बक्तृत्वकला प्रतियोगिता को आयोजना गरि बाल दिवस मनाइएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पृथ्वी बहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रमा भगवतिमाई गाउँपालिका वडा न ४ का वडा अध्यक्ष कृष्ण बहादुर थापाले दैलेखका पश्चिम क्षेत्रको तुलनामा भगवतिमाई गाउँपालिकामा छाउपडी केही कम भए पनी पुर्ण रुपले अन्य नभएको बताए । छाउपडी प्रर्था अन्त्यका लागी गाउँपालीका तथा विभिन्न संघसस्था यस तर्फ लागेको र अब सबै क्षेत्र बाट सहयोग गरे मात्र यसको अन्य हुने बताए ।

दिवस को अवसरमा छाउपडी प्रथा र बालबिबाह न्यूनीकरणमा विद्यार्थीे अभिवावकको भुमिका विषयमा भएको प्रतियोगितामा ४ बिद्यालका २१ जना विद्यार्थीहरुले भाग लिएका थिए । जसमध्ये महादेव मा बि मेतल्पाटा छात्रा मनकुमारी बिक प्रथम, कालिका मा बि मन्घरका छात्र खड्क बहदुर थापा द्धितिय, भगवती मा बि धुम्नेका छात्र दिवस के सि तृतिय र कालिका मा बि मा छात्र साबित्रा थापा सान्तोना भएका छन् ।

प्रतिक्रिया