नगरपालिकाको नीतिमै रहेर कार्यक्रम बनाउन सुझाव

नगरपालिकाको नीतिमै रहेर कार्यक्रम बनाउन सुझाव

-ज्वाला संदेश-

चामुण्डा, दैलेख भदाै ३१ ।
नगरपालिकाको नीति भित्र रहेर कार्यक्रम बनाउन चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर–प्रमुख सुर्यबहादुर शाही सुझाव दिएका छन । आईतबार जम्बुकाँधमा अन्तर्राष्ट्रिय कृषि विकास कोषको आर्थिक सहयोग र पहाडी साना किसानका लागि अनुकुलन आयोजना जिल्ला समन्वय इकाई दैलेखको आयोजनामा उपजलाधारमा आधारित जलवायु परिवर्तन सम्बन्धी सचेतना गोष्ठीमा उनले यस्तो बताएका हुन ।

नगरपालिकाले आय मुलक र हरियाली मुलक सडक बनाउने नीति लिएको हुदाँ यही नीति भित्र रहेर आशा अायाेजनाले आफ्नो कार्यक्रम बनाउन आग्रह गरे । साथै जैवीक र वातारण मैत्री नगर बनाउनका लागि १ हजार ८ बर–पीपल रोप्ने कार्यक्रम अघि सारिएको उनले बताए ।

यसैगरी कार्यक्रममा उप–प्रमुख ताराकुमारी शाही (खत्री)ले सोच परिवर्तन भएको खण्डमा मात्र स्रोतको सदुपयोग हुने बताईन । उनले भनिन् ,‘जबसम्म सकरात्मक सोचको विकास हुदैन,‘तबसम्म स्रोत कार्यान्वयन हुदैन ।’ विकासका लागि सकारत्मक सोचको आवश्यक पर्ने उनले बताईन ।

कार्यक्रममा पहाडी साना किसानका लागि अनुकुलन आयोजना जिल्ला समन्वय इकाई दैलेखका संयोजक कमल आचार्यले आयोजनाले चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं. ५, ६, ७, ८ र ९ का लागि बनाईएको कार्ययोजना –लाफा)को हस्तान्तरण गर्दै नगरपालिकाको पादुका खोला र रामघाट खोला तर्फ भु–क्षय, बाढी पहिरोको उच्च जोखिममा जानकारी दिए ।

प्रतिक्रिया