दशैंका लागि खसी खरिद

दशैंका लागि खसी खरिद

ज्वाला सन्देश संम्वाददाता
दैलेख, असोज ११ – दशैंलाई लक्षित गरेर खसी खरिद गर्न हिजोआज दैलेखका गाँउगाँउमा ब्यापारीहरुलाई भ्याईनभ्याई छ । दशैं आउन दुई हप्ता बाँकी रहदा ब्यापारीहरु पहाडका लोकल खसी खरिदका लागि गाँउगाँउ चाहार्ने गरेका हुन् ।

ब्यापारी सन्तोषले गाँउबाट खरिद गरेर ल्याएको खसी
ब्यापारी सन्तोषले गाँउबाट खरिद गरेर ल्याएको खसी

खरिद गरिएको खसीहरु काठमाडौं लैजाने ब्यापारीहरुले बताएका छन् । दैलेखका लालीकाँडा, पिलाडी, गोगनपानी लगायत गाविसहरुमा खसी खरिदका लागि ब्यापारीहरु पुग्ने गरेका छन् । पहाडको लोकल खसी महगोमा विक्रि हुने भएकाले गाँउबाटै खरिद गर्न आएको ब्यापारी सन्तोष विकले बताए । łआफुले एउटा खसीको २४ हजारसम्म मुल्य तिरेर खरिद गरेको छु ।’ ब्यापारी सन्तोषले भने, काठमाडौमा पहाडका खसीको माग बढी रहेको छ । अघिपछि यहाँका खसी पु¥याउन नसकिएपनि दशैंमा खोजेरै पु¥याउने गरेका छौ ।’ उनले एउटै गाँउबाट मात्र २ लाख बढीको खसी किनेका छन् ।
आफुले किनेको खसी सेन्टर पर्ने स्थानमा राखेर काठमाडौ पु¥याईने विकले बताए । धेरै ब्यापारीहरु भिन्दाभिन्दै गाँउमा पसेर खसी किन्ने काम भएको उनको भनाई छ । दशैंमा खसी अभाव हुन नदिनको लागि दैलेखमा ब्यापारीहरु मार्फत गाँउमा परिचालन गरिएको उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष कविराज खत्रीले बताए । अघिपछि भन्दा दशैंतिहारमा खसीको माग बढी हुने भएकाले अभाव हुने गर्दछ ।

प्रतिक्रिया