संविधान दिवशको अबसरमा सरसफाई कार्यक्रम गरेर मनाईयो

संविधान दिवशको अबसरमा सरसफाई कार्यक्रम गरेर मनाईयो

२०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनाईयो त कतै कालो दिनको रुपमा विभीन्न ठाउमा हल्लिचल्लिको आभाज देखियो । संविधान दिवसका अवसरमा जिल्लाको ठाटिकाँध गाउपालीकाले पनि सरसफाई कार्यक्रम गरेर संविधान दिवश मनाईएको छ ।
प्राथमीक स्वास्थ्य केन्द लकान्द्र्रको भवन देखि ठाटिकाँध बजार पुरै सरसफाई गरीएको गाउपालीका वडा नं एकका वडा अध्यक्ष नर्तम बुढाले बताए ।
तेस्तै बजारमा देखिएको सबै प्लास्टिक टिपेर कटठामा संकलन गरीएको र सबैको हातहातमा एकएक कटठा, पञ्जा,माक्स दिएर कार्य अगाडी बढाईएको प्रमुख प्रशासकिय राम बहादुर सापकोटाले बताए ।
आफुलाई यस्तै कार्यहरु गर्दा मनमा शान्ति को अनुभूति भयको महशुस गर्दै स्वस्थ वातावरण र हरेक शारीरीक दुर्गन्धबाट हुने रोगसरहबाट बच्न सकिने प्राथमिक स्वास्थ्य केन्द्रका शिनीयर अनमी मञ्जु शाहीले बताईन ।
जस्मा गाउपालीकाका प्रमुख प्रशासकीय राम बहादुर सापकोटा ,वडा नं १का वडा अध्यक्ष नर्तम बुढा, वडा नं ३का वडा अध्यक्ष कर्ण शाही प्राथमीक स्वास्थ्य केन्द्रबाट तीन जना कर्मचारी ,बजार ब्यवस्थापन समिती ,उद्योग वाणिज्य संघ, बुद्धिजीवी ,शिक्षक, गाउपालीकाका सबै कर्मचारी लगायतको बाक्लो उपस्थित देखिन्थ्यो ।

प्रतिक्रिया