जनताको आवश्यकतालाई प्राथमिकतामा राख्न सुझाव

जनताको आवश्यकतालाई प्राथमिकतामा राख्न सुझाव

 

–ज्वाला संदेश–
चामुण्डा (दैलेख), असोज १५ ।

जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाले जनताको आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिएका छन् । आइतवार सेवक दैलेखद्धारा संचालित कार्यक्रमको अनुगनम गर्न चामुण्डाविन्द्रासैनी पुगेका जिल्ला समन्वय समितिका प्रमुख थापाले जनताको आवश्यकतालाई पहिलो प्रथामिकता राखी विकास निर्माणका कार्यलाई त्रीव रुपमा अघि बढाउन आग्रह गरे । नयाँ बाटो भन्दापनि निर्माण भईसकेका बाटाहरुको स्तरउन्नती गर्न सुझाव दिनु हुँदै जिसस प्रमुख थापाले विकासको नयाँ मोडल चामुण्डाविन्द्रासैनी नगरपालिकाले दिनेमा आफु आशावादी रहेको बताए । चामुण्डाविन्द्रासैनी नगरपालिका अन्य स्थानीय तहको तुलनामा राम्रो काम गरि जिल्लाकै नमूना विकास दिनेमा जिल्ला समन्वय समिति आशावादी रहेको उनले उल्लेख गरे ।
एक वर्ष चुनावी र बुझ्दै गयो, प्रमुख थापाले भने “अबको बाँकी समय भनेको योजना बनाएर काम गर्ने समय हो ।” अन्य स्थानीय तहको तुलनामा चामुण्डाविन्द्रासैनीले उदारणीय काम गरेकोमा प्रसंशा समेत गरे ।
विपद् जुनसुकै बेला पनि आउन सक्ने भएकाले विपद् व्यवस्थापनका लागि सबै स्थानीय तह पुर्व तयारी साथ रहेन निर्देशन दिए । विपद् आउछु भनेर आउदै, जुनसुकै समयमा विपद् आउन सक्छ, विपद् व्यवस्थापनका लागि उद्धार सामाग्रीहरु खरिद गरी तयारी अवस्था बस्नुहोस ।’ उनले भने ।
कार्यक्रममा नगर प्रमुख सूर्यबहादुर शाहीले विकास निर्माण कार्यलाई तिव्र गतिमा अघि बढाईएको जानकारी दिए । अबको केही महिना भित्र निर्माणाधिन सडकहरुलाई स्तरउन्नती गर्ने र अब याँ सडक नखन्ने उल्लेख गरे । नगरवासीको प्रमुख समस्या खानेपानी र विद्युतको समस्या अबको ७ महिना समधान गरिने उनले दावी गरे । नगरपालिकाको वडा नं. ४ र वडा नं. ८ मा राष्ट्रिय अन्र्तराष्ट्रिय मापदण्डाका दुईवटा खेल मैदानहरु निर्माधिन अवस्थामा रहेको उनले बताए । यतिमात्र होइन उनले भने, नगरपालिकाले हाल एक वडा एक नर्सरी, एक खुल्ला मैदान बनाउने नीतिलाई अघि बढाईएको छ ।

प्रत्येक वडा नर्सरी स्थापन गरी रैथाने बाली संरक्षण नीति अघि बढाईएको उनको भनाई छ । नगवासीलाई यातायातको पहुँचलाई सहज बनाउनका लागि साङ्गेतडा–रागाँजुजा नगर मार्ग त्रिव गतिमा अघि बढाईएको उनले बताए । हाल नगरपालिका नगर प्रोफाइल र सडक गुरुयोजना बनाई सकेको जानकारी समेत दिए । नगरवासीको जीवन स्तरलाई माथि उकास्न नगरपालिकाले विभिन्न नीतिहरु बनाएर अघि बढेको जानकारी दिए ।
चामुण्डाविन्द्रासैनी नगरपालिकामा हाल वनको अवस्था नाजुक भएकाले एक वन जनप्रतिनीधि कार्यविधि बनाई वन संरक्षणको अभिभानलाई तिव्ररुपमा अघि बढाईको उनले बताए । नगरपालिकामा वन भुगोल धेरै भएपनि हाल २९ प्रतिशत मात्र वन रहेको जानकारी दिए । आगामी दिनमा वनलाई ४१ प्रतिशतसम्म पु¥याउने आफ्नो लक्ष्य रहेको उनको दावी छ ।
नेपाल कम्यूनिष्ट पार्टीका नेता मयाराम अधिकारीले प्रदेश सरकारले कानून बनाउन ढिलाई गर्दा स्थानीयलाई काम गर्न अप्ठ्यरो भएको बताए । जनतासंग प्रत्येक्ष जोडिएको स्थानीय तहमा जनताको अपेक्षा धेरे भएकाले अर्को तर्फ प्रदेश सरकारले समयमा कानून बनाउदा स्थानीय तहका जनप्रतिनिधिहरुले भार खेप्नु पर्ने बाँध्य रहेको उनले उल्लेख गरे । साथै चामुण्डाविन्द्रासैनी नगरपालिकाका हरेक विकास निर्माणका कार्यलाई नेकपाले प्रत्येक्ष निगरानी राख्ने उनले दावी गरे ।

नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले आफुसंग भएको स्रोत साधनलाई प्रयोग गरी बजेटको सहि सदुपयोग गरेको खण्डमा मात्र समृद्ध नगरपालिका बनाउन सकिनेमा जोड दिए । वर्तमान समय स्थानीय सरकारहरु मिडिया मैत्री नहुदाँ स्थानीय तहले गरेको कामहरु प्रसार–प्रसार नभएको उल्लेख गरे । आगामी दिनमा स्थानीय तहहरु मिडिया मैत्री बन्नुपर्नेमा उनले जोड दिए । पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि सहयोगको अपेक्षा समेत उनले गरे ।

कार्यक्रममा गैर सरकारी संस्था महासंघतथा सेवकका अध्यक्ष महारुप खत्रीले विपद् व्यवस्थापनका लागि समयमै सावधानी अपनाउनु पर्नेमा जोड दिए । करिब १ लाख ५० हजार बराबरको विपद्को समयमा आवश्यक पर्ने राहत तथा उदारका लागि आवश्यक पर्ने सामाग्री नगरपालिकालाई हस्तान्तरण गर्दै विपद् व्यवस्थापनका लागि नगरपालिका तयारी अवस्था बस्न आग्रह गरे ।
यसैगरी नगर प्रमुख शाहीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा भगवतिमाई गाउँपालिका अध्यक्ष दानबहादुर थापा, डुङ्गेश्वर गाउँपालिका वडा नं. २ का अध्यक्ष राजु केसी, चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ८ का अध्यक्ष वीरबहादुर शाही, जिल्ला प्रशासन कार्यालय दैलेखका नायब सुब्बा तिलकप्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया