बालिका बलात्कार प्रयासको कसुरमा ३ बर्ष कैद

बालिका बलात्कार प्रयासको कसुरमा ३ बर्ष कैद

गाईघाट, १८ असोज ।

१४ बर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका उदयपुरका एक व्यक्तिलाई जिल्ला अदालतले ३ बर्ष कैद फैसला सुनाएको छ ।

न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले बलात्कारको प्रयास गरेको कसुर ठहरमा ताप्लि गाउँपालिका २ का ४२ बर्षिय अमरनारायण श्रेष्ठलाई कैद फैसला सुनाएको हो । श्रेष्ठले बालिकालाई २०७५ असार ४ गते बलात्कारको प्रयास गरेका थिए ।बलात्कारको प्रयास गरेको आरोपमा पीडित पक्षले तीन दिनपछि असार ७ गते इलाका प्रहरी कार्यालय कटारीमा जाहेरी दिएका थिए । श्रेष्ठलाई प्रहरीले असार ८ गते पक्राउ गरेको थियो । उनलाई जिल्ला अदालतले असार २५ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

प्रतिक्रिया