शिक्षामा राजनीतिकरण बन्द गरिनुपर्छ

शिक्षामा राजनीतिकरण बन्द गरिनुपर्छ

ज्वाला संदेश
दैलेख असोज २२ ।
शिक्षाको क्षेत्रमा हुने राजनीतिकरण बन्द गर्न एक कार्यक्रममा सहभागि सरोकारवालाले जोड दिएका छन् । दुल्लु नगरपालिकामा रहेका द्रोणाञ्चल क्याम्पस दुल्लुमा आयोजित शिक्षामा गुणस्तर सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहभागि सरोकारवालाले यस्तो बताएका हुन् ।
द्रोणाञ्चल क्याम्पसमा गुणस्तर, सुनिश्चतता र प्रत्योजन शिक्षामा मान्यता प्राप्त गर्नको लागि पब्लिक इनफरमेसन सेलको आयेजनामा सरोकारवाला विच गरिएको छलफलमा शिक्षामा गुणस्तर कायम गर्नको लागि द्रोणाञ्चल क्याम्पसले विभिन्न विषयगत ९ वटा समिति बनाएर कामलाई तिब्रता दिने भएको छ ।
छलफलमा दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले समय अनुसारको नयाँ विषयहरु थप्न र शिक्षामा गुणस्तर कायम गर्न पहल गर्ने बताए । द्रोणाञ्चल क्याम्पसलाई तत्काल आँगिक क्याम्पस बनाउनु पर्ने, पहिले क्याम्पसमा योगदान गरेका ब्यक्तिलाई क्याम्पसमा ब्यवस्थापन गर्न नसकेमा परियोजना सफल भए पनि क्याम्पस सफल नहुने प्रमुख भण्डारीको भनाई छ । नगरप्रमुख भण्डारीले शिक्षामा गुणस्तर कायम गर्नको लागि आर्थिक,नैतिक र भौतिक सहयोग गर्न आफु तयार रहेको बताए ।
कार्यक्रममा द्रोणाञ्चल क्याम्पस संचालक समितिका अध्यक्ष तिलक प्रसाद रिजालले सरोकारवालालले दिएको सुझाव मनन गरेर क्याम्पसलाई अगाडी बढाउने बताए । क्पाम्पस सञ्चालनमा कुनै पनि विवाद नभएको र वाहिरवाट विवाद बनाउने खेल नखेल्नमा रिजालले आग्रह गरे ।
कार्यक्रमको उदेश्यबारे सहायक क्याम्पस प्रमुख तेज बहादुर खड्काले प्रकाश पारेका थिए । कार्यक्रममा दुल्लु नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, क्याम्प संचालक समितिका पदाधिकारी लगाएतले क्याम्पसको शिक्षामा गुणस्तर कायम गर्नुका साथै क्याम्पसमा हुने राजनीतिकरण बन्द गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया