विकास भित्र्याउन दातासँग कर्णाली सरकारको बैठक

विकास भित्र्याउन दातासँग कर्णाली सरकारको बैठक

सुर्खेत — कर्णालीप्रदेश सरकारले बहुपक्षीय दातृ निकायसँग कर्णालीको विकासका लागि बृहत छलफल थालेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सोमबार बिहान ११ बजे सुरु भएको बैठकमा कर्णालीको विकासका प्राथमिकता र सहयोगबारे छलफल भइरहेको प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए ।

उनकाअनुसार बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका साथै प्रदेश सरकारका मन्त्री र सचिवहरु सहभागी छन् । दातृ निकायको तर्फबाट यूरोपियन यूनियनका ओभिडु मिक, विश्व बैंकका फारिस हाडाड, क्रिश्चियन इगन र सइद खादेद असन, डिएफआईडीका रुरिक मार्सडेनलगायत सहभागी छन् ।

यो बैठकले कर्णालीको विकासका लागि लगानी भित्र्याउनुका साथै अन्तर्राष्ट्रिय निकायसँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न सघाउ पुर्याउनेछ,’ मन्त्री रावलले भने, ‘कर्णालीमा सहयोग गर्नको लागि प्राथमिकताका क्षेत्र के हुन् भन्नेबारे दातृ निकाय स्पष्ट हुने हाम्रो अपेक्षा छ ।’ प्रदेश सरकारले संघीय सरकार र दातृ निकायबीच समन्वय गरी कर्णालीमा विकास आयोजना भित्र्याउने उनले बताए । kantipur.

प्रतिक्रिया