मुख्यमन्त्री शाहीको पालमा बास,  बालुवाको सिरानी

मुख्यमन्त्री शाहीको पालमा बास,  बालुवाको सिरानी

दैलेख– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले शुक्रबारको रात पालमा विताएका छन् । कर्णाली नदिको शिरदेखि पाउसम्म अध्ययन गर्न र पर्यटनको सम्भावनाबारे रिर्पोट बनाउने प्रमुख उदेश्यकासाथ नेपाल नदी संरक्षण संस्थाले आयोजना गरेको उक्त अभियानमा सहभागि भएकाहरु वैज्ञानीकहरुलाई स्वागत तथा सम्मान गर्न उनीसहितको टोली आठबीस नगरपालिकाको वडा नं. १ डाबमा शुक्रबार साँझ पुगेको थियो ।

मुख्यमन्त्री शाहीले गत वैशाख १ गते मनाईएको रारा कर्णाली पर्यटन महोत्सव २०७५ आरम्भ गर्दा रारा जाने साहसी पर्यटकले ढुंगाको सिरानी बनाउने भए मात्रै रारा आउन सार्वजनिक कार्यक्रममार्फत जानकारी दिने गरेका थिए ।तर रारा कर्णाली महोत्सवको उदघाटन भएको ६ महिनामा मुख्यमन्त्री शाही र पर्यटन मन्त्री बुढाले बालुवाको सिरानी बनाएर रात विताएका छन् ।

मुख्यमन्त्री शाहीले आफू धेरै लामो समयपछि पालमा बस्ने र प्राकृतिक सौन्दर्यको मजा लिने अवसर मिलेको जानकारी दिए ।म शसस्त्र युद्ध हुने बेलामा अनकंटार स्थानमा बस्ने गरेको थिएँ, मुख्यमन्त्री शाहीले भने, आजको रात पालमा सुत्दा मलाई विगतको स्मरण भयो । पालमा सुतिसकेपछि शनिबार विहान लोकान्तरसँगको कुराकानीमा कर्णालीको बालुवामा सुत्न आनन्द आएको बताए । ुयहाँको बालुवा पनि अत्यन्तै नरम रहेछ ।

मैले राति बालुवाकै सिरानी बनाएँ । मलाई पालमा सुतेको जस्तो महसुस नै भएनु उनले भने, हामी कर्णालीको दुर दराजमा बस्ने हरुका लागि यो प्राकृतिक उपहार भएको मेरो ठम्याई छ ।पर्यटनमन्त्री बुढाले आफूहरुलाई पालमा बस्दा अत्यन्तै रमाईलो र आनन्द महसुस भएको बताए । उनले पर्यटन मन्त्रालयले कर्णालीका पर्यटकीय गन्तव्यको पहिचान गर्ने कार्य सुरु गरेको बताउँदै कर्णाली भर्जिन प्रदेश रहेको दाबी गरे ।

 

प्रतिक्रिया