अधिकार र सेवा विषयक अन्तरक्रिया

अधिकार र सेवा विषयक अन्तरक्रिया

कालिकोट असोज २९ ।
कालिकोट जिल्लाको पलाँता गाउँपालिका–९ स्तिथ सरस्वती माध्यामिक विद्यालय थिर्पुमा अधिकार र सेवा विषयक सेवा प्रदायक र सेवा ग्राहि विच अन्तरक्रिया गोष्ठि सम्पन्न भएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख द्धारा संचालित अधिकारमा आधारित जिविकोपार्जन सुधार परियोजनाको आयोजना र पलाँता गाउँपालिकाको समन्वयमा उक्त अन्तरक्रिया गोष्ठि सम्पन्न भएको हो ।

एक दिने गोष्ठि समुदायको अधिकार र स्थानीय तहले दिने सेवा सुविधाको विषयमा जानकारी गराउने, जोडि समुह र स्थानीय स्रोत व्यक्तिलाई सामाजिक रुपान्तरणको संवाहकको रुपमा विकास गर्ने र सरकारी सेवा सुविधामा समुदायको पहुँच अभिबृद्धि गर्ने उदेश्यले संचालन गरिएको परियोजनाका फिल्ड कार्यक्रम अधिकृत इन्द्रबहादुर थापाले जानकारी   दिए ।
गोष्ठिमा बोल्दै पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमले परियोजना द्धारा परिचालित जोडि समुहहरु समाज रुपान्तरणको संवाहक भएको बताउदै समुदायको शसक्तिकरणका लागि महत्वपर्ण भूमिका निर्वाह गर्न आग्रह गरे । उनले जोडि समुहलाई गाउँपालिका र वडा तह देखि सहयोग गर्ने प्रतिबद्धता समेत गरेका छन् ।
गोष्ठिमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद कुुस्मा, शिक्षा शाखा प्रमुख कल बहादुर भण्डारी, स्वास्थ्य शाखा प्रमुख विनोद प्रसाद न्यौपाने, कृषि शाखा प्रमुख उत्तम शाही, गाउँपालिकाका वडाअध्यहरु, कार्यपालिका सदस्यहरु, जोडि समुह, स्थानीय स्रोत व्यक्ति स्थानीय समुदाय र संचारकर्मीहरुको समेत सहभागिता रहेको थियो ।

गोष्ठिमा गाउँपालिका, विभिन्न विषयगत शाखाबाट,वडा कार्यालयबाट प्रदान गरिने सेवा तथा सुविधा र सेवा लिने प्रक्रियाको बारेमा जानकारी गराइएको थियो । त्यसलगत्तै गरिएको खुला छलफलमा सहभागिले गाउँपालिकाm विषयगत शाखा र वडापालिकाबाट प्रदान गरिने सेवा तथा सुविधाहरुमा एकरुपता नभएको गुनासो गरेका छन् । गाउँपालिकाले कृषि क्षेत्रमा बजेट विनियोजन कम गरेको, विभिन्न विद्यालयमा शिक्षक प्रर्याप्त नभएको लगाएतका गुनासो गरेका छन् । गोष्ठिको सहजिकरण परियोजनाका फिल्ड कार्यक्रम अधिकृत इन्द्रबहादुर थापाले गरेका थिए ।

प्रतिक्रिया