व्यवसाय संचालन गरेर आत्मनिर्भर बन्दै युवा र महिला

व्यवसाय संचालन गरेर आत्मनिर्भर बन्दै युवा र महिला

दैलेख–यहाँका महिला तथा युवाहरु व्यवसाय संचालन गरेर आत्मनिर्भर हुन थालेका छन् । व्यवसायिक तरकारी खेती, कुखुरापालन, बाख्रा पालन लगाएतका व्यवसायहरु संचालन गरि मनग्य आम्दानी गरिरहेका छन् । त्यसको उदाहरण दैलेखको पश्चिममा पर्ने आठबीस नगरपालिकाकी धना विश्वकर्मा हुन् । चार वर्षअघिसम्म हातमुख जोड्न धौधौ हुने उनी अहिले तरकारी खेतीबाटै मनग्ये आम्दानी गर्न सफल भएकी छन् ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख मार्फत संचालित साकार परियोजनाले तरकारी खेतीसम्बन्धी तालिम दिएपछि उनको आर्थिक समृद्धिको सपनामात्र साकार भएन, रोजगारीको लागि सधैं भारत जाने उनका श्रीमान् समेत स्वदेश फर्किएका छन् । तीन रोपनी जग्गामा तरकारी खेती गर्दै आएकी उनी एक सिजनामा करिब ७० हजार रुपैयाँ कमाउँछिन् । कमाएको पैसा समूहमा बचत गर्ने उनी बसुन्धरा कृषक समूहकी अध्यक्ष समेत हुन् । ‘समूहबाट २० हजार रुपैयाँ ऋण लिई सुरु गरेकी थिएँ, अहिले सबै ऋण चुक्ता गरी बचत पनि गरिरहेकी छु,’ उनले भनिन्, ‘मिहिनेत ग¥यो भने पैसा त घरमै आउँदो रहेछ ।’

उनि मात्र होइन भैरवी गाउँपालिका ४ की कृष्णा कुमारी विश्वकर्माले कुखुरा पालन व्यवसायबाट मनग्य आम्दानी गरिरहेकी छिन् । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख मार्फत संचालित महिला, युवा तथा बाल अधिकार प्रवद्र्धन कार्यक्रमले दिएको तालिम पछि व्यवसायिक योजना निर्माण गरि कुखुरापालन व्यवसाय संचालन गर्न सुरु गरेको कृष्णाले बताइन् ।

स्थानीय कालिका युवा संजालकी सचिव समेत रहकी उनलाई संस्थाले विउपुँजी कोष अन्तरगत १५ हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको थियो । हाल उनि मासिक ६० हजार रुपैयाँ कमाउँछिन् । व्यवसाय संचालन गरेर आत्मनिर्भर भएको छु, त्यतिमात्र होइन् गाउँमा सवैले मेरो भरोसा गर्न थालेका छन्, उनले भनिन् ।
नारायण नगरपालिका ११ की नन्दा थापामगर पनि अहिले तरकारी खेतीमा हौसिएकी छिन् । महिला, युवा तथा बाल अधिकार प्रवद्र्धन कार्यक्रमले तरकारी खेती सम्बन्धि तालिम प्रदान गरेसंगै तरकारी खेती सुरु गरेकी नन्दाले हाल मासिक १५ हजार रुपैयाँ सम्म आम्दानी गरिरहकी छिन् ।

मिहेनत गरपछि घरमै रोजगारी भन्ने पे्ररणा महाबु गाउँपालिका ३ का युवा उपेन्द्र कुमार बुढाले दिएका छन् । विएड अध्ययन गरिरहेका बुढा स्थानीय युवा क्लबमा पनि आबद्ध छन् । उनलाई संस्थाबाट पोलीहाउस र सरलथोपा सिंचाइ ड्रम सहयोग गरिएको छ । आयआर्जन वृद्दि गर्नको लागि वाख्रापालन व्यवसाय संचालनको लागि संस्थाबाट विउ पँुजीकोष पनि सहयोग गरिएको छ । अहिले उनि अर्ध–व्यवसायिक तरकारी खेती व्यवसाय संचालन गरिरहेका छन् ।

उपेन्द्रले बाख्रा पालन संगै वेमौषमी रुपमा काक्रा, टमाटर, सिमी, फर्सी, वन्दा र काउली जातका तरकारी उत्पादन गरिरहेका छन् । बाख्रा पालन र तरकारी खेती गरिरहेका उपेन्द्रले अहिले ८ हजार रुपैयाँ सम्म आम्दानी गरिरहेका छन् ।

उपेन्द्र जस्तै अर्का युवा महावु गाउँपालिका २ का रंग वहादुर वडुवालले तरकारी खेती मार्फत बार्षिक १ लाख १५० हजार रुपैयाँ आम्दानी गरिरहेको बताए । व्यवसाय संचालन गरेर आम्दानी मात्र होइन गाउँमै रोजगारी सृजना गरेका महिला र युवाहरु थुप्रै छन् । सोसेक मार्फत व्यवसाय संचालनका लागि सहयोग पाएका महिला र युवाहरुले तरकारी खेती मात्र नभई कुखुरा, बाख्रा र बंगुर पालन समेत गरेका छन् ।

प्रतिक्रिया