बढ्दो बलत्कार विरुद्ध ध्यानाकर्षण

बढ्दो बलत्कार विरुद्ध ध्यानाकर्षण

दैलेख कात्तिक ११ ।
मुलुकमा दिनप्रतिदिन बढ्दो बलत्कार विरुद्ध प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई ध्यानाकर्षण गराईएको छ । महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजालले आइतवार दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटा मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

मुलुकमा दिनानुदिन बलत्कारका घटनाहरु बढ्दै गएको तथ्यांक सार्वजनिक हुँदा पनि त्यस प्रति सरकार गम्भिर नभएको भन्दै ध्यानाकर्षण पत्र बुझाइएको महिला मानव अधिकार रक्षक संजालका दैलेखका जिल्ला अध्यक्ष सुधा कोइरालाले जानकारी दिनुभएको छ ।

ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘बालिका देखि बृद्धसम्म बलत्कारको सिकार हुँदै आएका छन्, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलत्कार पछि हत्या भएपछि पीडितलाई न्याय र दोषिलाई कार्बाहीको माग गर्दै सुरु भएको आन्दोलन देश व्यापी बनेको छ ।’ ध्यानाकर्षण पत्रमा बलत्कारका घटनामा पीडितलाई न्याय र दोषिलाई कानुनी कारवाहीको माग गरिएको छ ।

प्रतिक्रिया